होर्मुजमा सैन्य परिचालनको विकल्पबारे दक्षिण कोरियाले समीक्षा गर्दै
१९ भाद्र, २०८३, शुक्रवार
- दक्षिण कोरियाली सञ्चारमाध्यमले बिहीबार सरकारले यस वर्षको अन्त्यअघि सैन्य सामग्री पठाउने तयारी गरेको र यसै महिना संसद्को स्वीकृति लिन सक्ने समाचार प्रकाशित गरेका थिए ।
काठमाडौँ: दक्षिण कोरियाले होर्मुजमा जहाज आवागमनको स्वतन्त्रता सुनिश्चित गर्न सैन्य उपायसहित विभिन्न विकल्पबारे समीक्षा गरिरहेको जनाएको छ । तर, अहिलेसम्म कुनै निर्णय नभएको राष्ट्रपतिको कार्यालयले स्पष्ट पारेको छ ।
दक्षिण कोरियाली सञ्चारमाध्यमले बिहीबार सरकारले यस वर्षको अन्त्यअघि सैन्य सामग्री पठाउने तयारी गरेको र यसै महिना संसद्को स्वीकृति लिन सक्ने समाचार प्रकाशित गरेका थिए ।
राष्ट्रपतिको कार्यालयका एक अधिकारीले जलडमरूमध्यमा जहाज आवागमन सहज बनाउन अन्तर्राष्ट्रिय समुदायसँग मिलेर व्यावहारिक सहयोग गर्ने विषयमा छलफल भइरहेको बताएको मिडिया रिपोर्टमा उल्लेख छ । दक्षिण कोरियाले सैन्य उपाय पनि विचाराधीन विकल्पको रुपमा विश्लेषण गरिएको बताइएको छ । तर सैन्य परिचालनबारे अहिलेसम्म कुनै निर्णय भएको भने छैन । यस्तो निर्णयका लागि घरेलु कानुनी प्रक्रिया, कोरियाली प्रायद्वीपमा सैन्य तयारीको अवस्था र संसद्को स्वीकृतिसमेत विचार गर्नुपर्ने भनिएको छ ।
होर्मुज जलडमरूमध्यसँग सम्बन्धित सहयोगमा दक्षिण कोरियाले कुनै भूमिका नखेलेको भन्ने दाबी पनि गलत भएको दक्षिण कोरियाको जवाफ रहेको रिपोर्टमा उल्लेख छ । दक्षिण कोरियाले लामो समयदेखि अन्तर्राष्ट्रिय समुदायसँग व्यावहारिक सहयोगका विषयमा छलफल गर्दै आएको समेत बताइएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
राहदानी विभागका सेवा भदौ २२ र २३ गते नियमित सञ्चालन हुने
-
एमाले अध्यक्ष ओली नुवाकोटमा
-
जलविद्युत् आयोजनाका सुरुङमा उद्धार कार्य जारी बारे नेपाली सेनाले के भन्यो ?
-
पहिरोले दार्चुलाको चौलानी नदी आंशिक थुनियो, उच्च सतर्कता अपनाउन आग्रह
-
गृहमन्त्री गुरुङ भन्छन्- म कहाँ बसेको छु भनेर चिन्ता गर्नुभन्दा परिणाममा ध्यान दिनुहोस्
धेरै पढिएको
-
त्रिशूली ३ए मा उद्धारमा खटिएका प्राविधिकको गुनासो- आवश्यक उपकरण उपलब्ध भएन, नभएको कामको प्रचार भयो
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।