ट्रम्पको तस्बिर अंकित एक डलरको सिक्का सार्वजनिक

१८ भाद्र, २०८३, बिहिवार
सारांश
  • २५ वटा सिक्काको एक समूह ६१ डलर तथा १०० वटा सिक्काको एक थैलो १५४ डलर ५० सेन्टमा बिक्रीका लागि राखिएको थियो । बिक्री सुरु भएको केही घण्टामै अमेरिकी टकसालको वेबसाइटमा यी सिक्का मौज्दातमा नरहेको देखिएको थियो ।

काठमाडौँ: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको तस्बिर अंकित एक डलरको विशेष सिक्का सार्वजनिक गरिएको छ । जीवित राष्ट्रपतिको तस्बिर अमेरिकी मुद्रामा राखिएको यो एक शताब्दीपछि पहिलो घटना भएको बताइएको छ ।

 

अमेरिकी टकसालले बुधबार अमेरिकाको २५०औँ वार्षिकोत्सवको अवसरमा ट्रम्पको तस्बिरसहितको एक डलरको विशेष सिक्का सार्वजनिक गरेको हो। सिक्कामा ट्रम्पको तस्बिरसँगै ‘स्वतन्त्रता’ र ‘हामी ईश्वरमा विश्वास गर्छौँ’ भन्ने शब्द राखिएका छन् ।

 

अमेरिकी टकसालका अनुसार यो सिक्का अमेरिकाको ऐतिहासिक वार्षिकोत्सवको भावना, गौरव र विरासतलाई झल्काउने उद्देश्यले तयार पारिएको हो ।

 

२५ वटा सिक्काको एक समूह ६१ डलर तथा १०० वटा सिक्काको एक थैलो १५४ डलर ५० सेन्टमा बिक्रीका लागि राखिएको थियो । बिक्री सुरु भएको केही घण्टामै अमेरिकी टकसालको वेबसाइटमा यी सिक्का मौज्दातमा नरहेको देखिएको थियो ।

 

यी सिक्का वासिङ्टन डिसीस्थित अमेरिकी टकसालको पसलमा राखिएका स्वचालित बिक्री मेसिनमार्फत समेत बिक्री गरिएको थियो ।

 

सुनौलो रङको देखिए पनि सिक्कामा वास्तविक सुन प्रयोग गरिएको छैन । अनुसार सिक्का ८८.५ प्रतिशत तामाबाट बनेको छ भने बाँकी भागमा जस्ता, म्याङ्गानिज र निकेल प्रयोग गरिएको छ । यसअघि गत मेमा अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले ट्रम्पको तस्बिर अंकित २५० डलरको नयाँ नोट जारी गर्ने तयारी भइरहेको बताएका थिए । तर अमेरिकी कानुनले जीवित व्यक्तिको तस्बिर अमेरिकी नोटमा राख्न प्रतिबन्ध लगाएको छ । ट्रम्पका समर्थक सांसदहरूले त्यसमा अपवाद बनाउन कानुन ल्याउने प्रयास गरे पनि प्रस्ताव हाल अघि बढ्न सकेको छैन ।

 

अमेरिकी मुद्रामा जीवित राष्ट्रपतिको तस्बिर राखिएको यो पहिलो घटना भने होइन । सन् १९२६ मा अमेरिकाको १५०औँ वार्षिकोत्सवका अवसरमा जारी गरिएको आधा डलरको सिक्कामा तत्कालीन राष्ट्रपति क्याल्भिन कुलिजको तस्बिर राखिएको थियो ।

 

ट्रम्प प्रशासनले ट्रम्पको तस्बिर अंकित नयाँ सिक्काका लागि सन् २०२० मा पारित सिक्का पुनःडिजाइनसम्बन्धी कानुनलाई समेत आधार बनाएको छ । उक्त कानुनले सिक्काको पछाडिको भागमा जीवित व्यक्तिको तस्बिर राख्न रोक लगाए पनि अगाडिको भागमा त्यस्तो स्पष्ट प्रतिबन्ध नरहेको प्रशासनको तर्क छ ।

 

सन् १८६६ को थायर संशोधनले अमेरिकी नोटमा जीवित व्यक्तिको तस्बिर राख्न प्रतिबन्ध लगाएको छ। तर उक्त व्यवस्था परम्परागत रूपमा सिक्कामा लागू नहुने मानिँदै आएको छ ।

 

 


 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार