नेपालमा अमेरिकी 'ट्राभल एड्भाइजरी': बाढी-पहिरोको जोखिमका बीच 'जनविद्रोह' को चेतावनी किन ?

२०८३ भाद्र १७ बुधवार
सारांश
  • भाद्र १४ गते अद्यावधिक गरिएको उक्त सल्लाह (एड्भाइजरी)मा नेपालमा प्राकृतिक प्रकोपको जोखिमसँगै अशान्ति, दङ्गा तथा प्रदर्शन हुन सक्ने भन्दै सचेत गराइएको छ ।

काठमाण्डौ, १७ भाद्र । अमेरिकी विदेश मन्त्रालयले नेपालका लागि नयाँ 'ट्राभल एड्भाइजरी' जारी गर्दै आफ्ना नागरिकहरूलाई नेपाल भ्रमण गर्दा 'थप सावधानी' अपनाउन (लेभल २) आग्रह गरेको छ। भाद्र १४ गते अद्यावधिक गरिएको उक्त सल्लाह (एड्भाइजरी)मा नेपालमा प्राकृतिक प्रकोपको जोखिमसँगै अशान्ति, दङ्गा तथा प्रदर्शन हुन सक्ने भन्दै सचेत गराइएको छ ।

 

अहिले यतिबेला नेपालका विभिन्न स्थान, विशेषगरी भोटेकोशी क्षेत्र बाढी र पहिरोको चपेटामा छ । सारा नेपालीहरू एकजुट भएर राहत संकलन तथा वितरण र उद्धार कार्यमा खटिएका छन् । यस्तो मानवीय संवेदना र सामाजिक एकताको समयमा अमेरिकाले 'दङ्गा वा जनविद्रोह' (Civil Unrest) को संकेत गर्नुलाई धेरैले आश्चर्यका रूपमा हेरेका छन् ।

 

अमेरिकी एड्भाइजरीमा भनिएको छ— "सेप्टेम्बर २०२५ मा सुरु भएका देशव्यापी प्रदर्शनहरू रोकिएका छन् र सुरक्षा स्थिति स्थिर छ । यद्यपि, शहरहरूमा अझै पनि सानातिना प्रदर्शन र स्थानीय अशान्ति हुन सक्छन् । यस्ता प्रदर्शनहरू बिना कुनै पूर्वसूचना शुरु भई हिंसात्मक रूप लिन सक्छन् ।"

 

नेपाल अहिले प्राकृतिक विपत्तिसँग जुधिरहेको र सामाजिक सद्भाव कायम रहेको अवस्थामा अमेरिकाको यो चेतावनी सुन्दा अप्रासंगिक र असान्दर्भिक जस्तो लाग्छ । तर, अन्तर्राष्ट्रिय सम्बन्धमा यस्ता एड्भाइजरीहरू केवल वर्तमान घटनामा मात्र आधारित नभई दीर्घकालीन सुरक्षा रणनीति र सम्भावित जोखिमको पूर्वानुमानमा आधारित हुन्छन् । नेपाली पक्षले यस्ता एड्भाइजरीले पर्यटनमा पार्ने असरबारे कूटनीतिक तवरबाट प्रष्टीकरण दिनु आवश्यक देखिन्छ।
 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार