इजिप्टमा टेलिभिजन प्रस्तोता खलिफासहित १२ जनालाई मृत्युदण्ड
२१ भाद्र, २०८३, आइतवार
- ३९ वर्षीया खलिफा अपराधसम्बन्धी टेलिभिजन कार्यक्रम ‘मिसन इम्पोसिबल’ का कारण परिचित थिइन् । उनले आफूमाथिका आरोप अस्वीकार गर्दै आएकी छन् ।
काठमाडौँ: इजिप्टमा टेलिभिजन प्रस्तोता सारा खलिफासहित १२ जनालाई लागुऔषधसम्बन्धी मुद्दामा दोषी ठहर गर्दै फाँसीको मृत्युदण्ड सुनाइएको छ ।
सरकारी समाचारपत्र अल अहरामका अनुसार उनीहरू बिक्री गर्ने उद्देश्यले लागुऔषध बनाउन प्रयोग हुने कच्चा पदार्थ आयात गर्ने आपराधिक समूहमा संलग्न रहेको आरोपमा दोषी ठहर भएका हुन् । उनीहरूबाट अवैध हतियार र गोलीगठ्ठासमेत बरामद भएको अदालतले जनाएको छ ।
३९ वर्षीया खलिफा अपराधसम्बन्धी टेलिभिजन कार्यक्रम ‘मिसन इम्पोसिबल’ का कारण परिचित थिइन् । उनले आफूमाथिका आरोप अस्वीकार गर्दै आएकी छन् । उनका वकिलले मृत्युदण्डविरुद्ध पुनरावेदन गर्ने बताएका छन् । मुद्दामा अन्य नौ जनालाई जन्मकैदको सजाय सुनाइएको छ भने सात जनालाई सफाइ दिइएको छ ।
अदालतमा सुनुवाइका क्रममा अधिकारीहरूले ७५० किलोभन्दा बढी लागुऔषध तथा त्यसको उत्पादनमा प्रयोग हुने आयातित कच्चा पदार्थ बरामद गरेको बताइएको थियो । अभियोजन पक्षले २० जना साक्षीको बयान तथा कुराकानी र श्रव्यदृश्य सामग्रीसहित विद्युतीय प्रमाण पनि पेस गरेको थियो ।
इजिप्टमा मृत्युदण्ड सुनाउनुअघि धार्मिक राय लिनुपर्ने कानुनी व्यवस्थाअनुसार सर्वोच्च धार्मिक अधिकारीको राय प्राप्त भएपछि गत महिना सुनाइएको फैसला औपचारिक रूपमा पुष्टि गरिएको हो । सन् २०२५ को एम्नेस्टी इन्टरनेसनलको प्रतिवेदनअनुसार इजिप्टमा त्यस वर्ष ४९२ वटा मृत्युदण्ड सुनाइएकोमा २३ जनालाई मृत्युदण्ड दिइएको थियो ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
बार्सिलोनाको जितको सिलसिला रोकियो, पीएसजीसँग पराजित
-
युक्रेन अमेरिका वार्ता: रुसी क्षेप्यास्त्र आक्रमणको पूर्वचेतावनी दिने सहमति
-
आज बडादशैँको टीका: शुभसाइत बिहान १०: २६ बजे
-
आजको राशिफल: वि.सं. २०८३ कार्तिक ४ गते बुधबार
-
मध्यावधि निर्वाचनअघि १० मध्ये ९ सर्वेक्षणमा रिपब्लिकन पछाडि, ट्रम्पको लोकप्रियता घट्यो
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’