अन्तर्राष्ट्रिय समुदायबाट राहत होइन, क्षतिपूर्ति चाहिन्छ: सांसद झा

१८ भाद्र, २०८३, बिहिवार
सारांश
  • झाले प्रधानमन्त्री बालेन्द्र शाहलाई युएन लगायतका अन्तर्राष्ट्रिय सम्मेलनमा उपस्थित भएर यसबारे आवाज उठाउन माग गरे ।

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले नेपालमा आएको विनाशकारी बाढीको क्षतिपूर्ति अन्तर्राष्ट्रिय समुदायले गर्नुपर्ने माग गरेका छन् । आज बसेको संसद् बैठकमा बोल्दै उनले यो विनाश हुनुमा विकसित राष्ट्रहरू जिम्मेवार रहेको बताए ।

 

झाले आफ्नो मन्तव्यको बीचमा अंग्रेजीमा बोल्दै अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराएका हुन् । नेपालले अब राहत माग्ने होइन, क्षतिपूर्ति माग्ने समय आएको उनको भनाइ छ ।

 

झाले भने, ‘बाढीले पुर्‍याएको क्षति आफ्नो ठाउँमा छ । तर यसको क्षतिपूर्ति कसले व्यहोर्छ ? हामीले राहत होइन, क्षतिपूर्ति माग गर्ने समय आएको छ । यदि हाम्रो कारणले बाढी आएको होइन भने किन क्षति भोग्ने ?’

 

कार्बन उत्सर्जनका कारण जलवायु परिवर्तन भएको र यसमा विकसित राष्ट्रहरू जिम्मेवार रहेको उनले बताए । नेपालको कार्बन उत्सर्जनको अनुपात एक प्रतिशतभन्दा कम रहेको भन्दै झाले अमेरिका, चीन, भारत जस्ता राष्ट्रहरूबाट उच्च दरमा कार्बन उत्सर्जन भइरहेको तथ्याङ्क प्रस्तुत गरे ।

 

उनले भने, ‘अब समय आएको छ । नेपाली राजनीतिक पार्टीहरू सबै एक ठाउँ उभिएर अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गर्नुपर्छ । हामीलाई राहत होइन क्षतिपूर्ति देऊ भन्नुपर्छ । कार्बनमा जिम्मेवार सबै राष्ट्रले नेपाललाई क्षतिपूर्ति तिर्नुपर्छ । हामी अर्को पुस्तालाई यो देश यत्तिकै जिम्मा लगाउन सक्दैनौँ ।’

 

झाले प्रधानमन्त्री बालेन्द्र शाहलाई युएन लगायतका अन्तर्राष्ट्रिय सम्मेलनमा उपस्थित भएर यसबारे आवाज उठाउन माग गरे ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार