अन्तर्राष्ट्रिय समुदायबाट राहत होइन, क्षतिपूर्ति चाहिन्छ: सांसद झा
१८ भाद्र, २०८३, बिहिवार
- झाले प्रधानमन्त्री बालेन्द्र शाहलाई युएन लगायतका अन्तर्राष्ट्रिय सम्मेलनमा उपस्थित भएर यसबारे आवाज उठाउन माग गरे ।
काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले नेपालमा आएको विनाशकारी बाढीको क्षतिपूर्ति अन्तर्राष्ट्रिय समुदायले गर्नुपर्ने माग गरेका छन् । आज बसेको संसद् बैठकमा बोल्दै उनले यो विनाश हुनुमा विकसित राष्ट्रहरू जिम्मेवार रहेको बताए ।
झाले आफ्नो मन्तव्यको बीचमा अंग्रेजीमा बोल्दै अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराएका हुन् । नेपालले अब राहत माग्ने होइन, क्षतिपूर्ति माग्ने समय आएको उनको भनाइ छ ।
झाले भने, ‘बाढीले पुर्याएको क्षति आफ्नो ठाउँमा छ । तर यसको क्षतिपूर्ति कसले व्यहोर्छ ? हामीले राहत होइन, क्षतिपूर्ति माग गर्ने समय आएको छ । यदि हाम्रो कारणले बाढी आएको होइन भने किन क्षति भोग्ने ?’
कार्बन उत्सर्जनका कारण जलवायु परिवर्तन भएको र यसमा विकसित राष्ट्रहरू जिम्मेवार रहेको उनले बताए । नेपालको कार्बन उत्सर्जनको अनुपात एक प्रतिशतभन्दा कम रहेको भन्दै झाले अमेरिका, चीन, भारत जस्ता राष्ट्रहरूबाट उच्च दरमा कार्बन उत्सर्जन भइरहेको तथ्याङ्क प्रस्तुत गरे ।
उनले भने, ‘अब समय आएको छ । नेपाली राजनीतिक पार्टीहरू सबै एक ठाउँ उभिएर अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गर्नुपर्छ । हामीलाई राहत होइन क्षतिपूर्ति देऊ भन्नुपर्छ । कार्बनमा जिम्मेवार सबै राष्ट्रले नेपाललाई क्षतिपूर्ति तिर्नुपर्छ । हामी अर्को पुस्तालाई यो देश यत्तिकै जिम्मा लगाउन सक्दैनौँ ।’
झाले प्रधानमन्त्री बालेन्द्र शाहलाई युएन लगायतका अन्तर्राष्ट्रिय सम्मेलनमा उपस्थित भएर यसबारे आवाज उठाउन माग गरे ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
त्रिशूली ३ए मा उद्धारमा खटिएका प्राविधिकको गुनासो- आवश्यक उपकरण उपलब्ध भएन, नभएको कामको प्रचार भयो
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।