प्रधानमन्त्रीले चाहेर पनि राहत कोषको पैसा दायाँबायाँ गर्न पाउनुहुन्न : प्रवक्ता खरेल
१८ भाद्र, २०८३, बिहिवार
- आज बसेको सचिवालय बैठकपछि पत्रकारसँग कुरा गर्दै उनले राहत कोषमा जम्मा भएको रकम अन्यत्र रकमान्तर गर्न नमिल्ने स्पष्ट पारेका हुन् ।
काठमाडौं: सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रधानमन्त्री राहत कोषमा जम्मा भएको रकम कुनै हालतमा दुरुपयोग हुन नसक्ने बताएको छ । प्रधानमन्त्रीले नै चाहे पनि कोषको रकम दायाँबायाँ गर्न नसक्ने रास्वपाका प्रवक्ता जगदीश खरेलले स्पष्ट पारे ।
आज बसेको सचिवालय बैठकपछि पत्रकारसँग कुरा गर्दै उनले राहत कोषमा जम्मा भएको रकम अन्यत्र रकमान्तर गर्न नमिल्ने स्पष्ट पारेका हुन् ।
उनले भने, ‘जुन रूपमा पैसा उठ्यो, यसमा सरकारले मनलाग्दी गर्छ कि भन्ने पनि आशंका होलान् । तर सरकारले, मन्त्रिपरिषद्ले त्यो शीर्षकमा बाहेक ८ अर्ब रुपैयाँ दायाँबायाँ खर्च गर्न पाउनुहुन्न । त्यो रकमान्तर गर्न पनि पाइँदैन । नियममै त्यो कुरा छ । जे प्रयोजनको लागि हो, त्योबाहेक एक पैसा पनि दायाँबायाँ गरेर खर्च गर्न पाइँदैन । प्रधानमन्त्रीले नै चाहेर पनि दायाँबायाँ गर्न सक्नुहुन्न ।’
प्रवक्ता खरेलले रास्वपाले बाढी–पहिरो पीडितका लागि संकलन गरेको राहत सामग्री सिधै वितरण नगरी सरकारी संकलन केन्द्रमार्फत पठाउने जानकारी दिए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
भोटेकोशी बाढीबारे परराष्ट्रमन्त्री खनालको कूटनीतिक नियोगका प्रतिनिधिहरूलाई ब्रिफिङ
-
त्रिशूली–३ ए र ३ बीमा फसेका कामदारको उद्धारमा ढिलाइप्रति सांसद थपलियाको आपत्ति
-
प्रधानमन्त्रीले चाहेर पनि राहत कोषको पैसा दायाँबायाँ गर्न पाउनुहुन्न : प्रवक्ता खरेल
-
लाङटाङको सुरुङमा दुईजना मृत भेटिए
-
प्रधानमन्त्री शाहसँग कुलमानको भेटवार्ता, उद्धार प्रभावकारी बनाउन उपकरण पुर्याउन दिए सुझाव
धेरै पढिएको
-
त्रिशूली ३ए मा उद्धारमा खटिएका प्राविधिकको गुनासो- आवश्यक उपकरण उपलब्ध भएन, नभएको कामको प्रचार भयो
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।