बाढीमा मृत्यु भएका सुरक्षाकर्मी र कर्मचारीका परिवारलाई १० लाख दिने सरकारको निर्णय

१८ भाद्र, २०८३, बिहिवार
सारांश
  • बिहीबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता सस्मित पोखरेलले बाढीमा परी मृत्यु भएका सुरक्षाकर्मी र राष्ट्रसेवक कर्मचारीका परिवारलाई जनही १० लाख रुपैयाँ राहत दिने निर्णय भएको जानकारी दिए ।

काठमाडौं: सरकारले भोटेकोशी बाढीमा परी मृत्यु भएका सुरक्षाकर्मी तथा राष्ट्रसेवक कर्मचारीका परिवारलाई जनही १० लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ ।

 

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता सस्मित पोखरेलले बाढीमा परी मृत्यु भएका सुरक्षाकर्मी र राष्ट्रसेवक कर्मचारीका परिवारलाई जनही १० लाख रुपैयाँ राहत दिने निर्णय भएको जानकारी दिए ।

 

त्यस्तै,खोज तथा उद्धार कार्यमा खटिएका सुरक्षाकर्मी तथा राष्ट्रसेवक कर्मचारीलाई जोखिम भत्ता र खाजा खर्च उपलब्ध गराउने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको उनले बताए । उद्धारका क्रममा घाइते हुने सुरक्षाकर्मी तथा कर्मचारीको निःशुल्क उपचार गर्ने निर्णय भएको पनि पोखरेलले जानकारी दिए ।

 

 


 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार