भोटेकोशीको जस्तो बाढी अहिलेसम्म देखिएको थिएन, यो साझा पीडा हो- ओली
१४ भाद्र, २०८३, आइतवार
- उनले विपत्तिबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनामा सबै पक्षले साझा जिम्मेवारी निर्वाह गर्नुपर्नेमा जोड दिए ।
काठमाडौँ: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रसुवाको भोटेकोशी नदीमा आएको बाढी भएको क्षति राष्ट्रिय शोक र पीडाको विषय भएको बताएका छन् ।
आइतबार पार्टीको कार्यक्रममा बोल्दै ओलीले भोटेकोशीमा आएको बाढी असाधारण, भयावह र विनाशकारी रहेको बताउदै यस्तो अवस्थामा कसैले पनि राजनीतीकरण गर्न नहुने बताएका हुन् ।
ओलीले भने- ‘यो साझा पीडा हो, साझा शोकको बेला हो। यस पीडाको समाधान गर्नु पनि साझा दायित्व हो ।'
ओलीले मानवीय क्षति अपूरणीय हुने भन्दै धनसम्पत्तिको क्षति समयसँगै पुनः निर्माण गर्न सकिए पनि जीवनको क्षति अत्यन्त पीडादायी हुने बताए । बाढीले मानिसलाई ज्यान जोगाउने अवसरसमेत नदिई बगाएको यस्तो स्तरको क्षति यसअघि त्रिशूली नदीमा समेत नदेखिएको उल्लेख गरेका थिए ।
उनले विपत्तिबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनामा सबै पक्षले साझा जिम्मेवारी निर्वाह गर्नुपर्नेमा जोड दिए ।
ओलीले बाढी पछिको राहतमा पार्टी सचिव महेश बस्नेतको नेतृत्वमा पार्टीका नेता कार्यकर्ता खटिने बताउदै अबका दिन अझ चुनौतिपूर्ण हुने धारणा राखेका थिए । उनले बागमती प्रदेशको विषय भएको र भूगोल समेत चिनेको व्यक्ति भएकाले बस्नेतको नेतृत्वमा पार्टी राहत र उद्धारमा खटिने बताए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
चीनद्वारा बाढीपीडित नेपाललाई ३३ करोडभन्दा बढी नगद सहयोग
-
बाढी प्रभावित थप ७ स्थानमा नेपाल टेलिकमको सेवा सुचारु
-
विपद् व्यवस्थापनका लागि काठमाडौँ महानगरले हेल्प डेस्क सञ्चालनमा ल्यायो
-
कृष्णभीरमा सडक अवरुद्धपछि वैकल्पिक मार्गबाट काठमाडौँमा ग्यास आपूर्ति गर्दै निगम
-
कांग्रेसले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड सहयोग गर्ने
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।