- गत्लाङ सेवाकेन्द्रबाट गत्लाङ, गोल्जुङ, चिलिमे, ठुलो भार्खु, शेर्पागाउँ, ठुलो स्याफ्रु, स्याफ्रुबेसीलगायत क्षेत्रमा सेवा उपलब्ध भएको छ। चारघरे र चारघरे मुलाबारीबाट विदुर नगरपालिका–१२ र १३ मा सेवा सुचारु भएको टेलिकमले जनाएको छ ।
काठमाडौँ: नेपाल टेलिकमले बाढी प्रभावित क्षेत्रका थप ७ स्थानमा मोबाइल सेवा सुचारु गरेको छ। यससँगै प्रभावित क्षेत्रका अधिकांश मोबाइल सेवा केन्द्र सञ्चालनमा आएका छन्।
आज सुचारु भएका सेवाकेन्द्रमा रसुवाका रसुवा बोर्डर, अपर सेन्जेन, छापथोके, जिपजिपे र गत्लाङ तथा नुवाकोटका चारघरे र चारघरे मुलाबारी रहेका छन् ।
रसुवा बोर्डर सेवाकेन्द्रबाट नेपाल–चीन नाका, टिमुरे, रसुवा सीमा क्षेत्र तथा स्याफ्रुबेसीदेखि भोटेकोशी करिडोरसम्म मोबाइल सेवा पुनः सञ्चालनमा आएको छ । त्यसैगरी अपर सेन्जेनबाट चिलिमे, लामागाउँलगायत क्षेत्र, छापथोकेबाट बेत्रावती, त्रिशूली थ्रीबी, उत्तरगया र किस्पाङ तथा जिपजिपेबाट कालिका गाउँपालिकाका विभिन्न क्षेत्रका नागरिकले मोबाइल सेवा पाउनेछन् ।
गत्लाङ सेवाकेन्द्रबाट गत्लाङ, गोल्जुङ, चिलिमे, ठुलो भार्खु, शेर्पागाउँ, ठुलो स्याफ्रु, स्याफ्रुबेसीलगायत क्षेत्रमा सेवा उपलब्ध भएको छ। चारघरे र चारघरे मुलाबारीबाट विदुर नगरपालिका–१२ र १३ मा सेवा सुचारु भएको टेलिकमले जनाएको छ ।
विपद्का कारण सञ्चार सेवामा परेको समस्या समाधान गरी सेवा नियमित बनाउन प्राविधिक टोली निरन्तर खटिरहेको नेपाल टेलिकमले जनाएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
चीनद्वारा बाढीपीडित नेपाललाई ३३ करोडभन्दा बढी नगद सहयोग
-
बाढी प्रभावित थप ७ स्थानमा नेपाल टेलिकमको सेवा सुचारु
-
विपद् व्यवस्थापनका लागि काठमाडौँ महानगरले हेल्प डेस्क सञ्चालनमा ल्यायो
-
कृष्णभीरमा सडक अवरुद्धपछि वैकल्पिक मार्गबाट काठमाडौँमा ग्यास आपूर्ति गर्दै निगम
-
कांग्रेसले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड सहयोग गर्ने
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।