चीनद्वारा बाढीपीडित नेपाललाई ३३ करोडभन्दा बढी नगद सहयोग
१४ भाद्र, २०८३, आइतवार
- सहयोग हस्तान्तरण गर्दै राजदूत माओमिङले हिमालय क्षेत्रमा आएको विपत्तिको सामना गर्न नेपाल र चीन मिलेर अघि बढ्ने बताउनुभयो।
काठमाडौं: चीन सरकारले नेपालका बाढीपीडितका लागि घोषणा गरेको ३३ करोडभन्दा बढी रुपैयाँ बराबरको नगद सहयोग हस्तान्तरण गरेको छ।
आइतबार अर्थ मन्त्रालयमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई भेटेर नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङले २० लाख अमेरिकी डलर (झन्डै ३० करोड ५० लाख रुपैयाँ) बराबरको सहयोग रकमको चेक हस्तान्तरण गर्नुभएको हो। यस्तै, चिनियाँ रेडक्रसले उपलब्ध गराएको २ लाख अमेरिकी डलर (करिब ३ करोड ६ लाख रुपैयाँ) बराबरको नगद पनि राजदूत माओमिङले हस्तान्तरण गर्नुभयो।
सहयोग हस्तान्तरण गर्दै राजदूत माओमिङले हिमालय क्षेत्रमा आएको विपत्तिको सामना गर्न नेपाल र चीन मिलेर अघि बढ्ने बताउनुभयो। उहाँले नेपालमा आएको विपत्तिप्रति चीन सधैँ नेपालको साथमा रहेको सन्देश राष्ट्रपति र प्रधानमन्त्रीले नेपाल सरकारलाई पठाएको जानकारी दिनुभयो।
राजदूत माओमिङका अनुसार आइतबार मात्रै दुईवटा चिनियाँ जहाजमार्फत ५० टन टेन्ट, ब्ल्याङ्केट, स्लिपिङ ब्याग, मेडिकल किट र बिस्कुटलगायत राहत सामग्री काठमाडौं ल्याइएको छ। चीनबाट थप सहायता निरन्तर आउने उहाँले बताउनुभयो।
रसुवामा आएको बाढीका कारण चीनतर्फ रोकिएका नेपाली नागरिकलाई मुस्ताङको कोरोला नाका हुँदै नेपाल फर्काउने पहल भइरहेको जानकारी पनि राजदूत माओमिङले अर्थमन्त्रीलाई दिनुभयो। त्यस्तै, जलविद्युत् आयोजनाका सुरुङमा फसेकाको उद्धारका लागि चिनियाँ हेलिकप्टरसहित दक्ष जनशक्ति नेपाल आइसकेको र थप उद्धार प्राविधिकसमेत आइपुगेको उहाँले बताउनुभयो।
नेपाल सरकारले माग गरेको ठूलो परिमाणमा सामान बोक्न सक्ने ड्रोन नेपाल ल्याउन चीन सरकारले तीव्र रूपमा काम गरिरहेको पनि राजदूत माओमिङले जानकारी दिनुभयो।
सहयोग ग्रहण गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले अकल्पनीय विपत्तिको समयमा चीनले गरेको सहयोगप्रति धन्यवाद व्यक्त गर्नुभयो। उहाँले विपत्तिका कारण चीनले व्यहोरेको मानवीय तथा भौतिक क्षतिप्रति नेपाल सरकारका तर्फबाट दुःख व्यक्त गर्दै बाढीमा ज्यान गुमाएका चिनियाँ नागरिकप्रति श्रद्धाञ्जली तथा परिवारजनमा समवेदना प्रकट गर्नुभयो।
अर्थमन्त्री वाग्लेले बढ्दो विश्व तापक्रमका कारण हिमालय क्षेत्रले भोग्नुपर्ने विनाशकारी जोखिमको सुरुवात भइसकेको भन्दै त्यसको सामना गर्न नेपाल र चीनबीच सहकार्य आवश्यक रहेको बताउनुभयो। साथै, बाढीबाट भएको क्षतिको पुनर्निर्माणमा चीनबाट थप सहयोगको अपेक्षा रहेको उहाँले उल्लेख गर्नुभयो।
सहायता हस्तान्तरणपछि अर्थमन्त्री वाग्ले र राजदूत माओमिङले बाढीका कारण ज्यान गुमाएका नेपाल तथा चीनका नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै एक मिनेट मौनधारणसमेत गर्नुभएको थियो।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
चीनद्वारा बाढीपीडित नेपाललाई ३३ करोडभन्दा बढी नगद सहयोग
-
बाढी प्रभावित थप ७ स्थानमा नेपाल टेलिकमको सेवा सुचारु
-
विपद् व्यवस्थापनका लागि काठमाडौँ महानगरले हेल्प डेस्क सञ्चालनमा ल्यायो
-
कृष्णभीरमा सडक अवरुद्धपछि वैकल्पिक मार्गबाट काठमाडौँमा ग्यास आपूर्ति गर्दै निगम
-
कांग्रेसले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड सहयोग गर्ने
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।