रास्वपा सभापति लामिछाने र बागमतीका मुख्यमन्त्री थापाबीच भेटवार्ता

१४ भाद्र, २०८३, आइतवार
सारांश
  • जलवायु परिवर्तनको असर दीर्घकालीन हुने भएकाले नदी तथा खोलाको किनारमा रहेका बस्तीलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न तीनै तहका सरकारले तत्काल समन्वय गरेर काम गर्नुपर्ने अवस्था देखिएको मुख्यमन्त्री थापाले बताए ।

काठमाडौँ: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाबीच पार्टी कार्यालय बनस्थलीमा भेटवार्ता भएको छ ।

 

भेटमा मुख्यमन्त्री थापाले तीन तहका सरकारबीच प्रभावकारी समन्वय हुन नसक्दा प्रदेश सरकारले आफ्नै ढंगले काम गर्नुपरेको बताएका छन् । 

 

प्रधानमन्त्री प्रभावित क्षेत्रमा पुग्दा समेत प्रदेश सरकारले जानकारी नपाएको भन्दै उनले दुःख व्यक्त गरेका थिए । उनले तीन तहका सरकारले कुन-कुन काम गर्ने भन्ने स्पष्ट विभाजन आवश्यक रहेको बताउदै प्रभावित क्षेत्रमा पठाइएको राहत बट्टार क्षेत्रमा जम्मा भए पनि त्यसभन्दा माथि पुर्‍याउन कठिनाइ भएको उनको भनाइ थियो ।

 

जलवायु परिवर्तनको असर दीर्घकालीन हुने भएकाले नदी तथा खोलाको किनारमा रहेका बस्तीलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न तीनै तहका सरकारले तत्काल समन्वय गरेर काम गर्नुपर्ने अवस्था देखिएको मुख्यमन्त्री थापाले बताए ।

 

सभापति लामिछानेले विपद्को समयमा स्थानीय र सङ्घीय सरकारलाई जोड्ने भूमिका प्रदेश सरकारले प्रभावकारी रूपमा खेल्नुपर्ने बताउदै विपद्को समयमा सबै तहका सरकारले समन्वय गरेर काम गर्नुपर्ने विषयमा आफूहरू सचेत रहेको उल्लेख गरेको उनको सचिवालयले जानकारी दिएको छ ।

 

लामिछानेले सङ्घीय सरकारका तर्फबाट आवश्यक सम्पूर्ण सहयोगका लागि समन्वय गर्ने प्रतिबद्धता जनाएका छन् ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार