भारतबाट सुरुङमा उद्धारका लागि प्राविधिक टोलीसहित थप ११ टन राहत सामग्री आइपुग्यो
१४ भाद्र, २०८३, आइतवार
- भारतीय विदेशमन्त्री एस जयशंकरका अनुसार भारतबाट ११ टन सहयोग सामग्री बोकेको चौथो उडान शनिबार राति काठमाडौँ आइपुगेको छ ।
काठमाडौँ: भारतले नेपालमा बाढी तथा पहिरो प्रभावितको उद्धार र राहतका लागि थप सहयोग पठाएको छ ।
भारतीय विदेशमन्त्री एस जयशंकरका अनुसार भारतबाट ११ टन सहयोग सामग्री बोकेको चौथो उडान शनिबार राति काठमाडौँ आइपुगेको छ । उक्त सामग्रीमा सुरुङमा खोज तथा उद्धारका लागि प्राविधिक टोली र आवश्यक उपकरण, शव परीक्षण तथा डिएनए विश्लेषणका लागि विशेषज्ञ टोली र उपकरण समावेश छन् । त्यसैगरी कम्बल, सुत्ने झोला, त्रिपाल, प्लास्टिकका पाना तथा सरसफाइ सामग्री पनि पठाइएको छ ।
भारतबाट २३० फिट लामो एकतर्फी अस्थायी स्टिल पुल निर्माणका लागि आवश्यक उपकरण बोकेका १६ वटा ट्रकसमेत नेपाल आइपुगेका छन् । थप सातवटा बेलिब्रिज पुल जडानका लागि आवश्यक उपकरण छिट्टै पठाइने र प्राविधिक टोली पनि नेपाल आउने जयशंकरले बताएका छन् ।
हालसम्म भारतले अत्यावश्यक औषधि, विद्युत् उत्पादन गर्ने पोर्टेबल यन्त्र, खाद्य सामग्री, पानी शुद्धीकरण गर्ने चक्की तथा प्राविधिक उपकरणसहित ६८.५ टन राहत सामग्री हवाईमार्फत काठमाडौँ पठाइसकेको छ ।
जयशंकरले नेपालमा जारी उद्धार तथा राहत कार्यमा भारतको सहयोग निरन्तर रहने बताएका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
-
युवामाथि दमन र सामाजिक कलङ्क बारे राष्ट्रसंघको प्रतिवेदनप्रति भारतको खण्डन
-
टेस्लाले सार्वजनिक गर्यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा
-
दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन
-
पुटिनसँगको सम्झौतापछि ट्रम्पको अर्को कदम, रुसी तेल खरिदमा कर नलिने घोषणा
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’