कांग्रेसले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड सहयोग गर्ने

१४ भाद्र, २०८३, आइतवार
सारांश
  • पार्टीको केन्द्रीय कार्यालयमा आज बसेको बैठकले कोषमा एक करोड सहयोग गर्ने निर्णय भएको प्रवक्ता देवराज चालिसेले जानकारी दिएका छन् ।

काठमाडौँ: नेपाली कांग्रेसले बाढीपीडितको सहयोगका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड रुपैयाँ सहयोग गर्ने भएको छ । 

 

पार्टीको केन्द्रीय कार्यालयमा आज बसेको बैठकले कोषमा एक करोड सहयोग गर्ने निर्णय भएको प्रवक्ता देवराज चालिसेले जानकारी दिएका छन् ।

 

प्रवक्ता चालिसेले पीडितलाई दिने राहतलाई प्रभावकारी बनाउन स्थानीय तहलाई जिम्मेवारी दिने कुरामा ध्यान दिनुपर्ने भन्दै पीडितसम्म तत्कालै राहत पुर्‍याउन आग्रह गरेका छन् । काँग्रेस विपदमा राहत र उद्धारका लागि पार्टीका प्रशिक्षित कार्यकर्ताका साथै भातृ संगठनलाई पनि खटाएको उनले जानकारी दिए ।

 

यसअघि आजै सभापति गगन थापाले बढीपछि अहिलेसम्म पार्टीले गरेका काम र प्रभावित जिल्लाको अवस्था बारे सम्बन्धित जिल्लाका नेताहरुसँग छलफल गरेका थिए । 

 

 


 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार