कृष्णभीरमा सडक अवरुद्धपछि वैकल्पिक मार्गबाट काठमाडौँमा ग्यास आपूर्ति गर्दै निगम

१४ भाद्र, २०८३, आइतवार
सारांश
  • ती उद्योगमा आफ्ना ग्यास बोकेका ट्याङ्कर खाली गरी सिलिन्डर भरेर कृष्णभीरको सडक नखुलेसम्म ट्रकमार्फत वैकल्पिक मार्गबाट काठमाडौँ उपत्यका तथा आसपासका क्षेत्रमा आपूर्ति गर्ने व्यवस्था मिलाइएको निगमले जनाएको छ ।

काठमाडौँ: त्रिशूली नदीमा आएको भीषण बाढीका कारण धादिङको बेनीघाट रोराङ गाउँपालिका–७ स्थित पृथ्वी राजमार्गको कृष्णभीर खण्डमा सडक अवरुद्ध भएपछि नेपाल आयल निगमले वैकल्पिक मार्गबाट काठमाडौँ उपत्यका र आसपासका जिल्लामा एलपी ग्यास आपूर्ति गर्ने व्यवस्था मिलाएको जनाएको छ ।

 

निगमले ग्यास उद्योगीसँग छलफल गरी काठमाडौँ तथा आसपासका जिल्लामा ग्यास बिक्री वितरण गर्ने उद्योगलाई बारा, पर्सा, चितवन, मकवानपुर, नवलपरासी तथा अन्य पायक पर्ने जिल्लाका ग्यास उद्योगसँग समन्वय गर्न भनेको छ ।

 

ती उद्योगमा आफ्ना ग्यास बोकेका ट्याङ्कर खाली गरी सिलिन्डर भरेर कृष्णभीरको सडक नखुलेसम्म ट्रकमार्फत वैकल्पिक मार्गबाट काठमाडौँ उपत्यका तथा आसपासका क्षेत्रमा आपूर्ति गर्ने व्यवस्था मिलाइएको निगमले जनाएको छ ।

 

त्यसैगरी पेट्रोलियम पदार्थ तथा एलपी ग्यासको आपूर्ति सहज बनाउन ट्याङ्कर तथा ट्रकलाई स्थानीय प्रशासनसँगको समन्वयमा वैकल्पिक मार्गबाट काठमाडौँ ल्याउने व्यवस्था गरिएको निगमले जनाएको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार