- भोटेकोशी र त्रिशूली नदीमा आएको भीषण बाढीबाट प्रभावित क्षेत्रबाट हालसम्म १५ देशका १८७ जना विदेशी पर्यटक तथा यात्रुको उद्धार गरिएको नेपाल पर्यटन बोर्डले जनाएको छ ।
काठमाण्डौ, १३ भाद्र । भोटेकोशी र त्रिशूली नदीमा आएको भीषण बाढीबाट प्रभावित क्षेत्रबाट हालसम्म १५ देशका १८७ जना विदेशी पर्यटक तथा यात्रुको उद्धार गरिएको नेपाल पर्यटन बोर्डले जनाएको छ ।
नेपाल पर्यटन बोर्डले शुक्रबार सार्वजनिक गरेको अपडेट अनुसार भारतका ११४, चीनका २७, दक्षिण कोरियाका २०, माल्टा र जर्मनीका ४-४ अमेरिका र इटालीका ३-३, रुस, स्पेन, स्वीजरल्याण्ड, टर्कीका २-२ जना तथा बेल्जियम, बुल्गेरिया, ओमान र पोर्चुगलका एक एक जना नागरिकको उद्धार गरिएको छ । त्यस्तै अन्य राष्ट्रियता नखुलेका ३ जना सम्पर्कमा रहेको बोर्डले जानकारी दिएको छ । त्यस्तै अझै ४२० विदेशी पर्यटक सम्पर्कमा नरहेको बोर्डले जनाएको छ ।
गत बुधबार रसुवा, नुवाकोट, धादिङ र गोरखाका विभिन्न क्षेत्रमा भोटेकोशी तथा त्रिशूली नदीमा आएको भीषण बाढीपछि प्रभावित क्षेत्रमा रहेका पर्यटक तथा यात्रुको अवस्था पहिचान र उद्धारका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्ड, पर्यटक प्रहरी तथा पर्यटन क्षेत्रसँग सम्बन्धित निकायले संयुक्त रूपमा काम गरिरहेको बोर्डले जनाएको छ । बोर्डका अनुसार घाइते, अलपत्र तथा प्रभावित व्यक्तिको उद्धार र सुरक्षित स्थानमा स्थानान्तरणका लागि आवश्यक प्रयास जारी छ ।
आपत्कालीन सहयोगका लागि निःशुल्क १२३४, सहायता नम्बर ११४४ तथा पर्यटक प्रहरीको ९८५१२८९४४५ नम्बरमा सम्पर्क गर्न सकिने बोर्डले जनाएको छ ।
बोर्डले पर्यटकको सुरक्षा आफ्नो पहिलो प्राथमिकता रहेको जनाएको छ । यसअघि बोर्डले ६६७ जना पर्यटक सम्पर्क विहिन रहेको जानकारी दिएको थियो ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
बाढी पिडितका लागि काठमाडौँ महानगरले साढे ४ करोड सहयोग दिने
-
परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङ यीबीच टेलिफोन वार्ता
-
चितवनमा भेटिएका पहिचान नखुलेका शवको जमिनमुनि व्यवस्थापन गर्न शुरु
-
१८७ जना विदेशी पर्यटकको उद्धार, अझै ४२० सम्पर्कविहिन
-
शशांकले भने- महाधिवेशनको कार्यतालिका यथाशीघ्र सार्वजनिक गर्छौँ
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।