गजुरी-गल्छी सडकमा लेदो, पृथ्वी राजमार्ग र मुग्लिन-नारायणगढ सडक बन्द

२०८३ भाद्र ११ विहिवार
सारांश
  • भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण पृथ्वी राजमार्ग तथा मुग्लिन–नारायणगढ सडकखण्डमा सवारी आवागमन बन्द रहेको छ ।

काठमाण्डौ, ११ भाद्र । भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण पृथ्वी राजमार्ग तथा मुग्लिन–नारायणगढ सडकखण्डमा सवारी आवागमन बन्द रहेको छ । प्रहरीले अर्को सूचना जारी नभएसम्म यी सडकमा सवारी सञ्चालन नगर्न आग्रह गरेको छ ।

 

बागमती प्रदेश ट्राफिक प्रहरी कार्यालयका अनुसार धादिङको गजुरीदेखि गल्छीसम्म विभिन्न स्थानमा लेदोले सडक ढाकेकोर सडकमा ठूलो मात्रामा लेदो जमेकाले तत्काल सवारी सञ्चालन गर्न सक्ने अवस्था रहेको छैन ।

 

सडकको अवस्था जोखिमपूर्ण रहेकाले यात्रुलाई उक्त सडकखण्डमा यात्रा नगर्न र सम्भव भएसम्म वैकल्पिक मार्ग प्रयोग गर्न प्रहरीले आग्रह गरेको छ ।

 

यसैबीच, मुग्लिन क्षेत्रमा बाढीपछि खोजी तथा उद्धारका क्रममा हालसम्म ४० जनाको शव फेला परेको जानकारी प्राप्त भएको छ । हिजो रातिसम्म ३९ जनाको शव फेला परेकोमा आज बिहान थप एक जनाको शव फेला परेको प्रहरीले जनाएको छ ।

 

बाढीको तीव्र बहावसँगै मानिस तथा अन्य सामग्री बगाएर ल्याएको हुन सक्ने भएकाले मुग्लिन आसपासका क्षेत्रमा खोजी कार्य जारी राखिएको छ ।

 

बाढी र पहिरोका कारण सडकको अवस्था जोखिमपूर्ण बनेकाले प्रहरीले पृथ्वी राजमार्ग तथा मुग्लिन–नारायणगढ सडकखण्डमा अनावश्यक यात्रा नगर्न आग्रह गरेको छ । सडकमा जमेको लेदो हटाउने तथा अवरुद्ध सडक खुलाउने प्रयास भइरहे पनि अवस्था सामान्य नभएसम्म सवारी सञ्चालन गर्न कठिन हुने प्रहरीले जनाएको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

अर्बपतिहरूको सन्तान मोह

सन्तान जन्माउनु र हुर्काउनु सामान्यतया पारिवारिक जीवनको महत्त्वपूर्ण हिस्सा मानिन्छ । तर विश्वका केही अर्बपतिहरूको जीवनशैलीले यो विषयलाई नयाँ बहसमा ल्याएको छ ।

थप समाचार