चीनको सीमामा पहिरोले नयाँ ताल बनेपछि अर्को विपद्को खतरा !

११ भाद्र, २०८३, बिहिवार
सारांश
  • आगामी तीन दिनसम्म वर्षा हुने पूर्वानुमान रहेकाले पहिरोबाट थुप्रिएको माटो र ढुंगाले बनेका अस्थिर बाँधका कारण जोखिम थप बढेको हो ।

काठमाडौं: चीनको जिरोङ जिल्लामा पहिरोको जोखिम कायमै रहेका बेला पहिरोले नयाँ ताल बनेपछि अर्को विपद्को खतरा बढेको छ ।

 

चीनको सञ्चारमाध्यम सिसिटिभीका अनुसार जिरोङ जिल्लामा अझै पहिरो, लेदो पहिरो र आकस्मिक बाढीको जोखिम रहेको छ । आगामी तीन दिनसम्म वर्षा हुने पूर्वानुमान रहेकाले पहिरोबाट थुप्रिएको माटो र ढुंगाले बनेका अस्थिर बाँधका कारण जोखिम थप बढेको हो ।

 

सिसिटिभीले लिएको भिडियोमा यसअघि पहिरो गएको स्थानमा नयाँ ताल बनेको देखिएको छ । चीनको जिरोङ बन्दरगाहनजिकै, तर नेपालको सीमाभित्र बनेको उक्त ताल भरिदै गएको छ ।

 

सिसिटिभीले तालमा करिब २० लाख घनमिटर पानी जम्मा भएको र पानी बाहिर बग्नसमेत सुरु भइसकेको उल्लेख छ । आगामी तीन दिनमा थप ३० लाख घनमिटर पानी तालमा जम्मा हुने अनुमान रहेकाले ताल फुट्न सक्ने उच्च जोखिम रहेको सिसिटिभीलाई उल्लेख गर्दै सिएनएनले लेखेको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

अर्बपतिहरूको सन्तान मोह

सन्तान जन्माउनु र हुर्काउनु सामान्यतया पारिवारिक जीवनको महत्त्वपूर्ण हिस्सा मानिन्छ । तर विश्वका केही अर्बपतिहरूको जीवनशैलीले यो विषयलाई नयाँ बहसमा ल्याएको छ ।

थप समाचार