बुधवार भोटेकोशी बाढीका घाइतेको उपचारका लागि स्वास्थ्य क्षेत्र तयारी अवस्थामा

१० भाद्र, २०८३
सारांश
  • घाइतेको उपचारका लागि वीर अस्पताल र ट्रमा सेन्टरमा गरी १०० शय्या छुट्याइएको छ । प्रभावित क्षेत्रमा ट्रमा सेन्टरबाट ६ जना चिकित्सक र २ जना नर्स परिचालन भइसकेका छन् ।

काठमाडौँ: रसुवाको भोटेकोशी नदीमा आज बिहान आएको बाढीबाट घाइते भएकाको उपचारका लागि काठमाडौँका विभिन्न अस्पताल तथा रक्तसञ्चार केन्द्रसँग आवश्यक समन्वय भइरहेको छ ।

 

स्वास्थ्य मन्त्रालयले बागमती र गण्डकी प्रदेशका स्वास्थ्य मन्त्रालय, नेपाल रेडक्रस, नेपाल स्काउट, लायन्सलगायतका संघसंस्थासँग पनि उपचार तथा उद्धारका लागि समन्वय गरिरहेको जनाएको छ ।

 

घाइतेको उपचारका लागि वीर अस्पताल र ट्रमा सेन्टरमा गरी १०० शय्या छुट्याइएको छ । प्रभावित क्षेत्रमा ट्रमा सेन्टरबाट ६ जना चिकित्सक र २ जना नर्स परिचालन भइसकेका छन् ।

 

त्यस्तै, नेपाल स्काउटका ५ जना चिकित्सक र ९ जना उद्धारकर्मी प्रभावित क्षेत्रमा जाने तयारीमा छन्। स्वास्थ्य सेवा विभागले घाइतेको उपचारका लागि आवश्यक औषधि प्रभावित क्षेत्रमा पठाउने तयारी गरिरहेको जनाएको छ ।

 

विश्व स्वास्थ्य संगठनले प्रभावित क्षेत्रमा करिब १ हजार जनालाई पुग्ने आधारभूत औषधि तथा २४ वर्गफिटका १५ वटा पाल पठाउने तयारी गरेको छ । प्रभावित नागरिकको उद्धारका लागि नेपाली सेना तथा निजी क्षेत्रका हेलिकप्टर परिचालन गरिएको छ । प्रभावितलाई लक्षित गरी काठमाडौँ, नुवाकोट र धादिङमा खाद्यान्न व्यवस्थापन केन्द्रलाई समेत तयारी अवस्थामा राखिएको छ ।

 

आपतकालीन स्वास्थ्यसम्बन्धी सहयोग, जानकारी तथा समन्वयका लागि १११५ मा सम्पर्क गर्न सकिने जनाइएको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार