काठमाडौँबाट बाहिरिएका सवारी साधन गल्छीमा रोकियो

२०८३ भाद्र १० बुधवार
सारांश
  • रसुवाको भोटेकोशी नदीमा आएको ठूलो बाढी धादिङको गल्छी आसपास पुगेपछि काठमाडौँबाट बाहिरिएका सवारीसाधन गल्छीमा रोकिएका छन् ।

काठमाण्डौ, १० भाद्र । रसुवाको भोटेकोशी नदीमा आएको ठूलो बाढी धादिङको गल्छी आसपास पुगेपछि काठमाडौँबाट बाहिरिएका सवारीसाधन गल्छीमा रोकिएका छन् । सडकमा रहेका सवारीसाधनलाई अग्लो तथा सुरक्षित स्थानमा रोकिएपछि काठमाडौँ–मुग्लिन सडकखण्ड ठप्प भएको छ ।

 

भोटेकोशीको बाढी अबको केही घण्टामा मुग्लिन पार गर्ने क्रममा रहेको भन्दै त्रिशूली नदी आसपासका बस्ती तथा बजार क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा जान आग्रह गरिएको छ ।

 

जल विज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रको बाढी पूर्वानुमान महाशाखाले पृथ्वी राजमार्ग, मुग्लिन–नारायणघाट सडक तथा त्रिशूली नदी आसपासका बस्ती र बजार क्षेत्रमा उच्च जोखिम रहेको जनाएको छ। महाशाखाले स्थानीय बासिन्दालाई उच्च सतर्कता अपनाउँदै सुरक्षित स्थानमा रहन आग्रह गरेको छ ।

 

चीनको स्वशासित क्षेत्र तिब्बततर्फबाट भोटेकोशी नदीमा ठूलो बाढी प्रवेश गरेपछि नदीको जलसतह तीव्र रूपमा बढेको हो। बाढी तल्लो तटीय क्षेत्रमा समेत फैलिन सक्ने भएकाले नदी आसपासका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा जान आग्रह गरिएको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

बालेन सरकारको ६ महिना: भारत, चीन र अमेरिकासँगको सम्बन्धमा ‘रिसेट’ कि अन्योल?

बालेन सरकारको छ महिनामा भारत, चीन र अमेरिकासँग प्रारम्भिक दूरीबाट व्यावहारिक संलग्नतातर्फ केही परिवर्तन देखिएको विश्लेषण कार्यक्रममा प्रस्तुत भयो। अबको चुनौती भनेको अन्तर्राष्ट्रिय दृश्यता र कूटनीतिक सम्पर्कलाई विद्युत् व्यापार, लगानी, प्रविधि, रोजगारी र आर्थिक अवसरमा कसरी रूपान्तरण गर्ने भन्ने देखिन्छ।

थप समाचार