भोटेकोशी बाढी: उद्धार र राहतकालागि दुई हेलिकप्टर परिचालन, प्रधानमन्त्रीले बोलाए बैठक
२०८३ भाद्र १० बुधवार
- रसुवाको स्याफ्रुबेँसी, टिमुरेलगायतका क्षेत्रमा बुधबार बिहान बाढी आएपछि सरकारले उद्धार, खोज तथा राहत कार्यलाई तीव्र बनाएको छ ।
काठमाण्डौ, १० भाद्र । रसुवाको स्याफ्रुबेँसी, टिमुरेलगायतका क्षेत्रमा बुधबार बिहान बाढी आएपछि सरकारले उद्धार, खोज तथा राहत कार्यलाई तीव्र बनाएको छ ।
बाढीबाट प्रभावित तथा जोखिमयुक्त तल्लो तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सार्न सरकारले सम्बन्धित प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएको छ। बाढीबाट थप प्रभावित हुनसक्ने क्षेत्रका नागरिकलाई पनि सुरक्षित स्थानमा जान निरन्तर सूचना प्रवाह भइरहेको सरकारले जनाएको छ ।
बाढीका कारण जोखिम बढेपछि सरकारले पृथ्वी राजमार्ग, गल्छी–नुवाकोट–रसुवा–स्याफ्रुबेँसी सडक तथा मुग्लिन–नारायणगढ सडकमा यात्रा नगर्न र नगराउन आग्रह गरेको छ ।
प्रधानमन्त्री वालेन्द्र शाहले निर्देशन दिएलगत्तै सम्बन्धित निकायले आफ्ना संयन्त्र परिचालन गरी बाढी प्रभावित क्षेत्रमा उद्धार, खोज तथा राहत कार्यलाई तीव्रता दिएका छन्। जिल्लास्थित विपद् व्यवस्थापन संयन्त्रलाई सक्रिय बनाइएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र जिल्ला प्रशासन कार्यालयले प्रभावितको उद्धार तथा बेपत्ताको खोजीलाई तीव्र बनाएका छन्। नेपाली सेनाले पनि उद्धार तथा खोजी कार्य अघि बढाएको छ ।
प्रधानमन्त्री शाहको निर्देशनमा सम्भावित उद्धार तथा राहतका लागि चिकित्सकीय टोलीसहित नेपाली सेनाका दुई वटा हेलिकप्टर प्रभावित क्षेत्रतर्फ पठाइएको छ। निजी क्षेत्रका हेलिकप्टरलाई समेत उद्धार तथा खोजीका लागि तयारी अवस्थामा राखिएको सरकारले जनाएको छ ।
यसैबीच सिंहदरबारस्थित गृह मन्त्रालयमा गृहमन्त्री सुदन गुरुङको अध्यक्षतामा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठक बसिरहेको छ ।
बाढीबाट उत्पन्न अवस्थाबारे थप छलफल तथा आवश्यक निर्णय गर्न प्रधानमन्त्री शाहले बिहान ११ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक पनि बोलाएका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
उद्धार र राहतमा तीव्रता दिन चिनियाँ राष्ट्रपति सीको निर्देशन
-
प्रधानमन्त्री शाहले गरे बाढी प्रभावित क्षेत्रका सांसदसँग परामर्श
-
बुधवार भोटेकोशी बाढीका घाइतेको उपचारका लागि स्वास्थ्य क्षेत्र तयारी अवस्थामा
-
भोटेकोशी बाढीका कारण ४३० मेगावाट बिजुली प्रणालीबाट विच्छेद्
-
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद्को बैठक
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।