बागमतीका मुख्यमन्त्री थापाले आइतबार विश्वासको मत लिने
५ भाद्र, २०८३, शुक्रवार
- राप्रपाले दिएको सर्मथनप्रति विवाद भएको छ । राप्रपाको केन्द्रले आफ्नो निर्देशन विपरित एमालेलाई सरकार बनाउन समर्थन गरेको भन्दै संसदीय दलका नेता उद्धव थापालाई साधारण सदस्यसहित प्रदेश सभाबाट हटाउने निर्णय गरेको छ ।
हेटौंडा: बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आइतबार संसदबाट विश्वासको मत लिने भएका छन् ।
मुख्यमन्त्री थापाले भदौ ७ गते आइतबार १ बजे प्रदेश सभामा विश्वासको मत लिने तयारी प्रदेश सभाले गरेको छ । उनी बिहीबार एमाले, नेकपा र राप्रपाको ६३ सांसदको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।
बागमती प्रदेश सभामा नेपाली कांग्रेसको ३६ सिट, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को २६, नेकपा एमालेको २५, राप्रपाको १२, नेपाल मजदुर किसान पार्टीको ३ र हाम्रो नेपाली पार्टीको २ सिट छ । निर्वाचित ११० प्रदेशसभा सदस्यमध्ये ६ जनाले प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्न राजीनामा दिएपछि हाल प्रदेशसभा १०४ सदस्य कायम रहेको छ ।
राप्रपाले दिएको सर्मथनप्रति विवाद भएको छ । राप्रपाको केन्द्रले आफ्नो निर्देशन विपरित एमालेलाई सरकार बनाउन समर्थन गरेको भन्दै संसदीय दलका नेता उद्धव थापालाई साधारण सदस्यसहित प्रदेश सभाबाट हटाउने निर्णय गरेको छ ।
त्यस्तै राप्रपाले मन्त्री बनेकालाई पनि कारवाही गर्ने बताएको छ । राप्रपाबाट विहिबारनै गिरबहादुर तामाङलाई स्वास्थ्य तथा सामाजिक विकास, राजु विष्टलाई खानेपानी, ऊर्जा तथा सिँचाइ र राजेन्द्र प्रजापतिलाई उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्री बनाइएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
बालेन सरकारको ६ महिना: भारत, चीन र अमेरिकासँगको सम्बन्धमा ‘रिसेट’ कि अन्योल?
बालेन सरकारको छ महिनामा भारत, चीन र अमेरिकासँग प्रारम्भिक दूरीबाट व्यावहारिक संलग्नतातर्फ केही परिवर्तन देखिएको विश्लेषण कार्यक्रममा प्रस्तुत भयो। अबको चुनौती भनेको अन्तर्राष्ट्रिय दृश्यता र कूटनीतिक सम्पर्कलाई विद्युत् व्यापार, लगानी, प्रविधि, रोजगारी र आर्थिक अवसरमा कसरी रूपान्तरण गर्ने भन्ने देखिन्छ।