काठमाडौँ महानगरका ४८१ शिक्षक तथा कर्मचारी सामाजिक सुरक्षा कोषमा आबद्ध

५ भाद्र, २०८३, शुक्रवार
सारांश
  • महानगरपालिकाका अनुसार यस निर्णयबाट सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीले सामाजिक सुरक्षा योजनाबाट प्राप्त हुने सुविधा लिन पाउनेछन् ।

काठमाडौँ: काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालयमा कार्यरत ४८१ शिक्षक तथा कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गर्ने निर्णय गरेको छ ।

 

महानगरपालिकाको ५६औँ कार्यपालिका बैठकले नेपाल भाषा प्रशिक्षण सहायक १७२, तामाङ भाषा प्रशिक्षण सहायक १, प्राविधिक धारका शिक्षक १६, प्रशिक्षक ३२, सहायक प्रशिक्षक १६, विद्यालय सहायक १, आया ८७, प्रारम्भिक बाल विकास शिक्षक १२३ र विद्यालय नर्स ३३ जनालाई सामाजिक सुरक्षा कोषमा आबद्ध गर्ने निर्णय गरेको हो ।

 

महानगरपालिकाका अनुसार यस निर्णयबाट सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीले सामाजिक सुरक्षा योजनाबाट प्राप्त हुने सुविधा लिन पाउनेछन् ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार