- अझै बेपत्ता रहेका अन्य तीन पर्वतारोहीका परिवारप्रति पनि समवेदना व्यक्त गर्दै सुरक्षित अवस्था बनेपछि उनीहरूको खोजी र उद्धारका लागि सम्भव सबै प्रयास जारी राखिने उनले बताएका छन् ।
काठमाडौँ: विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल ‘निम्स’ पुर्जा, झोङ वाङ, निमा शेर्पा र किलु शेर्पाको शव पाकिस्तानस्थित ब्रेड पिक हिमालबाट सफलतापूर्वक उद्धार गरी आधार शिविरमा ल्याइएको छ ।
अत्यन्त कठिन र जोखिमपूर्ण परिस्थितिमा सञ्चालन गरिएको उद्धार अभियान सफल भएको सांसद तथा पर्वतारोही मिङ्मा ग्याबु शेर्पा (मिङ्मा डेभिड) ले जानकारी दिएका हुन् ।
मिङ्माले यस अभियानलाई सफल बनाउन पाकिस्तान सेना, पाकिस्तान सरकार, गिलगिट–बाल्टिस्तान सरकार, स्थानीय प्रशासन, बेलायती उच्चायोग, नेपाल दूतावास, पाकिस्तान अल्पाइन क्लब तथा सहयोग गर्ने सबै संस्था र व्यक्तिप्रति पनि कृतज्ञता व्यक्त गरेका छन् ।
निम्स पुर्जाको शव फिर्ता ल्याउनु केवल एक पर्वतारोहीको उद्धार मात्र नभई एक श्रीमान्, पिता, छोरा, दाजुभाइ, साथी तथा एलिट एक्स्पेड, निम्सदाइ फाउन्डेसन, निम्सदाइ स्टोर र स्काइडाइभ निम्सदाइ परिवारको अभिन्न सदस्यलाई घर फर्काउने प्रयास भएको उल्लेख गरेका छन् । अब निम्स पुर्जासहित झोङ वाङ, निमा शेर्पा र किलु शेर्पाले आफ्ना परिवारसँग अन्तिम बिदाइको यात्रा सुरु गर्न पाउने उनले उल्लेख गरेका छन् ।
अझै बेपत्ता रहेका अन्य तीन पर्वतारोहीका परिवारप्रति पनि समवेदना व्यक्त गर्दै सुरक्षित अवस्था बनेपछि उनीहरूको खोजी र उद्धारका लागि सम्भव सबै प्रयास जारी राखिने उनले बताएका छन् ।
अल्पाइन क्लब अफ पाकिस्तानका अनुसार पहिलो चरणको उद्धारमा एक नेपालीसहित २ आरोहीको शव र एक आरोहीको अवशेष संकलन गरिएको थियो । नेपाली आरोही ग्यालु शेर्पाको शव संकलन शनिबार गरिएको थियो । आइतबार थप ४ आरोहीको शव पहिचान गरिएको थियो । तीमध्ये निम्स दाइ, वाङ झोङ, निमा शेर्पा र किलु पेम्बा रहेका थिए ।
पाकिस्तानी आरोही सोहेल साकी र अमेरिकी आरोही म्यालोरी गाइसको खुट्टाबाहेकको शरीर अझै फेला नपरेको क्लबले उल्लेख गरेको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
अफ्रिकी जंगली कुकुरको चार हजार किलोमिटरको कीर्तिमानी यात्रा !
अफ्रिकी जंगली कुकुरको एउटा समूहले जाम्बियामा करिब ४ हजार किलोमिटरको कीर्तिमानी यात्रा गरेको छ । वैज्ञानिकहरूका अनुसार यो अफ्रिकाको कुनै पनि स्थल स्तनधारीले जोडीको खोजीमा गरेको अहिलेसम्मकै सबैभन्दा लामो यात्रा हो ।