होर्मुज खुल्ने सम्भावनाका बिच अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो
२०८३ श्रावण २० बुधवार
- अमेरिका र इरानबीच होर्मुज जलडमरूमध्य पुनः सञ्चालन गर्ने विषयमा वार्ता सकारात्मक दिशातर्फ अघि बढेको संकेतसँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य तीन सातायताकै न्यून स्तरमा झरेको छ ।
एजेन्सी, २० श्रावण । अमेरिका र इरानबीच होर्मुज जलडमरूमध्य पुनः सञ्चालन गर्ने विषयमा वार्ता सकारात्मक दिशातर्फ अघि बढेको संकेतसँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य तीन सातायताकै न्यून स्तरमा झरेको छ ।
विश्व बजारको प्रमुख मापदण्ड ब्रेन्ट कच्चा तेलको मूल्य करिब पाँच प्रतिशतले घटेर प्रतिव्यारेल ८० अमेरिकी डलरभन्दा तल पुगेको छ भने अमेरिकी वेस्ट टेक्सास इन्टरमिडियट कच्चा तेल पनि पाँच प्रतिशतभन्दा बढी घटेर करिब ७६ अमेरिकी डलरमा कारोबार भएको छ ।
अमेरिकी विदेशमन्त्री मार्को रुबियो र अर्थमन्त्री स्कट बेसेन्टले होर्मुज जलडमरूमध्यमार्फत जहाज आवागमन पुनः सुरु गर्ने विषयमा भएको छलफलमा प्रगति भएको बताएका छन् । उनीहरूका अनुसार आवश्यक सहमति भएमा यसै साताभित्र जलमार्ग खुल्न सक्ने सम्भावना रहेको छ । यद्यपि सम्भावित सम्झौताबारे औपचारिक विवरण सार्वजनिक गरिएको छैन । उता इरानले भने अमेरिकासँग प्रत्यक्ष वार्ता नभई ओमानमार्फत छलफल भइरहेको जनाएको छ ।
विश्वको दैनिक कच्चा तेल तथा तरलीकृत प्राकृतिक ग्यासको करिब पाँचौं भाग ओसारपसार हुने होर्मुज जलडमरूमध्य द्वन्द्व सुरु भएपछि अधिकांश समय अवरुद्ध रहँदै आएको छ । यसले विश्वव्यापी ऊर्जा आपूर्तिमा दबाब सिर्जना गर्दै तेलको मूल्यमा तीव्र उतारचढाव ल्याएको थियो । पछिल्ला महिनाहरूमा वार्ताको सम्भावना देखिँदा मूल्य घट्ने र तनाव बढ्दा प्रतिव्यारेल १२० अमेरिकी डलरभन्दा माथिसम्म पुग्ने अवस्था देखिएको थियो ।
विश्लेषकहरूले स्थायी सहमति हुनेमा अझै अनिश्चितता रहेको बताएका छन् । मध्यपूर्वमा जारी द्वन्द्वका कारण तेल बोक्ने जहाजको सुरक्षा जोखिम अझै उच्च रहेको र यमन नजिकै हालै भारतीय झण्डावाहक जहाज डुबेको घटनाले अवस्था थप संवेदनशील बनेको उनीहरूको भनाइ छ । यसबीच तेलको मूल्यमा आएको वृद्धिले विश्वका धेरै देशमा पेट्रोल र डिजेल महँगिएको छ भने ठूला तेल कम्पनीहरूले उच्च नाफा कमाइरहेका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
-
यी हुन् विश्वकप फुटबलका पाँच अप्रत्याशित नतिजा
विशेष
विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?
सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।