भित्री भवनको सम्पत्ति करबारे काठमाडौँ महानगरले मालपोतसँग छलफल गर्ने

२०८३ श्रावण २० बुधवार
सारांश
  • काठमाडौँ महानगरपालिकाले मुख्य सडकलाई आधार मानेर भित्री भवनको सम्पत्ति कर निर्धारण गर्दा करदातालाई परेको समस्याबारे मालपोत कार्यालयसँग समन्वय बैठक गर्ने निर्णय गरेको छ।

काठमाण्डौ, २० श्रावण । काठमाडौँ महानगरपालिकाले मुख्य सडकलाई आधार मानेर भित्री भवनको सम्पत्ति कर निर्धारण गर्दा करदातालाई परेको समस्याबारे मालपोत कार्यालयसँग समन्वय बैठक गर्ने निर्णय गरेको छ।

 

महानगरको ५५औँ कार्यपालिका बैठकमा कार्यवाहक प्रमुख सुनिता डङ्गोललले मालपोतसँगको छलफलबाट समाधान नभए विधायन समिति, राजस्व समिति र सहरी योजना आयोगले संयुक्त अध्ययन गरी उपाय खोज्ने बताए । उनले पर्याप्त अध्ययनबिनै राजस्व दर हेरफेर नगरिएको र अघिल्लो दररेट नै कायम राखिएको स्पष्ट पारेकी थिइन्।

 

बैठकले सहरी योजना आयोगका सदस्यमा आर्किटेक्ट बाबुराम भट्टराई, डा. सुरजराज काफ्ले, सरस्वती मानन्धर, प्रसुनरत्न बज्राचार्य, सुरज डंगोल, पुरुषोत्तम महत र दामोदर गिरीको नियुक्ति अनुमोदन गरेको छ। साथै नगर प्रहरीमा बढुवा, करार सेवाका कर्मचारीको म्याद थप तथा महिला तथा बालबालिका महाशाखा प्रमुख जानकी सिंहलाई बाल कल्याण अधिकारी तोक्ने निर्णय पनि गरिएको छ।

 

यस्तै, बैठकले बाइक एम्बुलेन्स सञ्चालन गर्ने, काठमाडौँ चलचित्र महोत्सवको कार्ययोजना र अनुमानित बजेट स्वीकृत गर्ने निर्णय गरेको छ। भूमि समस्या समाधान समितिको पत्रबारे पनि विस्तृत छलफल गर्दै अव्यवस्थित बसोबासी, स्ववासी तथा बेनिस्साका जमिन व्यवस्थापनका विषयमा आगामी प्रक्रिया अघि बढाउने विषयमा छलफल गरिएको थियो।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?

सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।

थप समाचार