- जिल्ला सुरक्षा समितिको साउन १९ गतेको निर्णयअनुसार साउन १९, २० र २१ गते बेलुका ७ बजेदेखि बिहान ५ बजेसम्म उक्त सडकखण्डमा कुनै पनि सवारी साधन सञ्चालन नगर्न तथा नगराउन निर्णय गरिएको हो ।
मुस्ताङ, २० श्रावण । लगातार सक्रिय मनसुनका कारण मुस्ताङसहित आसपासका क्षेत्रमा भारी तथा मध्यम वर्षा भइरहेका बेला बाढी र पहिरोको जोखिम बढेपछि जिल्ला प्रशासन कार्यालय मुस्ताङले रातिको समयमा सवारी साधन सञ्चालनमा रोक लगाएको छ।
प्रशासनका अनुसार साउन १६ गते रातिदेखि मुस्ताङ जिल्ला तथा आसपासका क्षेत्रमा निरन्तर वर्षा भइरहेको छ । वर्षासँगै कालीगण्डकी नदी तथा अन्य खोलाहरूको जलसतह बढ्दै गएको छ । यसका कारण कालीगण्डकी करिडोरअन्तर्गतको बेनी–जोमसोम–कोरला सडकखण्डमा पर्ने काभ्रेभिरदेखि जोमसोम तथा जोमसोमदेखि लोमान्थाङ सडकखण्डमा बाढी र पहिरोको जोखिम उच्च बनेको जनाएको छ ।
जिल्ला सुरक्षा समितिको साउन १९ गतेको निर्णयअनुसार साउन १९, २० र २१ गते बेलुका ७ बजेदेखि बिहान ५ बजेसम्म उक्त सडकखण्डमा कुनै पनि सवारी साधन सञ्चालन नगर्न तथा नगराउन निर्णय गरिएको हो ।
जिल्ला प्रशासन कार्यालयले तोकिएको अवधिमा सवारी सञ्चालन नगर्न सबै सरोकारवालासँग आग्रह गर्दै यात्रा गर्नै परे उच्च सतर्कता अपनाउन पनि अनुरोध गरेको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
-
यी हुन् विश्वकप फुटबलका पाँच अप्रत्याशित नतिजा
विशेष
विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?
सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।