काठमाडौँमा ग्यासको चरम अभाव, महानगर प्रहरीले वितरणमा सहजीकरण गर्दै
१९ श्रावण, २०८३, मगलवार
- ग्यास नपाउने, पहुँचका आधारमा वितरण हुने तथा विद्यार्थीसहित सर्वसाधारणले सास्ती खेप्नुपरेको गुनासो बढेपछि महानगर प्रहरीले ग्यास डिपोमा अनुगमन र सहजीकरण थालेको बताएको छ ।
काठमाडौँ: काठमाडौँमा खाना पकाउने ग्यासको चरम अभाव भएपछि वितरणलाई व्यवस्थित र सहज बनाउन काठमाडौं महानगर प्रहरी बल सक्रिय भएको छ ।
ग्यास नपाउने, पहुँचका आधारमा वितरण हुने तथा विद्यार्थीसहित सर्वसाधारणले सास्ती खेप्नुपरेको गुनासो बढेपछि महानगर प्रहरीले ग्यास डिपोमा अनुगमन र सहजीकरण थालेको बताएको छ ।
महानगर प्रहरीका प्रमुख वरिष्ठ नगर प्रहरी उपरीक्षक विष्णुप्रसाद जोशीका अनुसार डिपोमा उपलब्ध ग्यास सबै उपभोक्ताले सहज रूपमा पाउने वातावरण बनाउन सहजीकरण गरिनेछ। साथै सिलिन्डरको तौल, म्याद, अग्नि सुरक्षा उपकरण, भण्डारण तथा ढुवानीको अवस्थासमेत नियमित रूपमा अनुगमन गरिने उनले बताए ।
सहजीकरण अभियानअन्तर्गत मंगलबार अनामनगर क्षेत्रका ग्यास डिपोको अनुगमन गरिएको थियो । साना डिपोमा ग्यास उपलब्ध भए पनि ठूला डिपोमा उपभोक्ताको अत्यधिक भीड देखिएको महानगरले जनाएको छ। उता नेपाल आयल निगमले भने ग्यास आपूर्ति नियमित रहेको र उपभोक्ताको माग एक्कासि बढेकाले वितरणमा चाप परेको जनाएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
सुनसरी घटनाका घाइतेको शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु
-
नेप्सेमा २१.१५ अंकको गिरावट, ४ अर्ब ७ करोडको कारोबार
-
मुदन्डाको घरमा छापामार प्रकरणमा मोरङका एसपीसँग सोधियो स्पष्टीकरण
-
राष्ट्र बैंकको सञ्चालक समिति सात सदस्यीय बनाउने सहमति
-
पार्टी बैठक राख्नेबारे हर्कको जवाफ– अरू पार्टीजस्तो होइन, श्रमदान नै हाम्रो बैठक हो
धेरै पढिएको
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
-
यी हुन् विश्वकप फुटबलका पाँच अप्रत्याशित नतिजा
विशेष
विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?
सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।