मुदन्डाको घरमा छापामार प्रकरणमा मोरङका एसपीसँग सोधियो स्पष्टीकरण
१९ श्रावण, २०८३, मगलवार
- उक्त घटनाले विराटनगरका उद्योगी-व्यापारी र सर्वसाधारणमा त्रास सिर्जना गरेको तथा प्रहरी संगठनको व्यावसायिक छविमा असर परेको भन्ने विषयमा आफ्नो धारणा पनि पेश गर्न एसपी कटवाललाई निर्देशन दिइएको छ ।
विराटनगर: मोरङका प्रहरी उपरीक्षक (एसपी) कवित कटवालसँग कोशी प्रदेश प्रहरी कार्यालयले स्पष्टीकरण सोधेको छ ।
विराटनगर महानगरपालिका-७ गोश्वारा रोडस्थित व्यवसायी प्रकाश मुदन्डाको घरमा खानतलासी गरिएको घटना बारे एसपी कटवालसंग स्पष्टीकरण सोधिएको हो ।
कोशी प्रदेश प्रहरी कार्यालयले उक्त घटनासम्बन्धी प्राप्त सूचना, उपलब्ध विवरण तथा प्रारम्भिक तथ्यका आधारमा प्रहरीको निर्णय प्रक्रिया, कानुनी आधार र कार्यसम्पादनबारे गम्भीर प्रश्न उठेकाले लिखित जवाफ पेश गर्न निर्देशन दिएको हो ।
प्रदेश प्रहरी कार्यालयले एसपी कटवालसँग मुन्दडाको घरमा प्रहरी परिचालन गर्ने निर्णय कुन सूचना वा विश्वसनीय गोप्य सूचनाका आधारमा गरिएको थियो, उक्त सूचनाको प्रमाणीकरण कसरी गरिएको थियो र कसको विश्लेषणका आधारमा निर्णय लिइएको थियो भन्नेबारे स्पष्ट पार्न भनेको छ ।
उक्त घटनाले विराटनगरका उद्योगी-व्यापारी र सर्वसाधारणमा त्रास सिर्जना गरेको तथा प्रहरी संगठनको व्यावसायिक छविमा असर परेको भन्ने विषयमा आफ्नो धारणा पनि पेश गर्न एसपी कटवाललाई निर्देशन दिइएको छ ।
प्रहरीले मुन्दडाको घरमा प्रहरीले सोमबार बिहान छापा मारेको थियो । नेपाल उद्योग परिसंघका केन्द्रीय सदस्यसमेत रहेका मुन्दडाको निवासमा बिहान करिब पौने ५ बजे एक दर्जनभन्दा बढी सवारीसाधनमा पुगेको प्रहरी टोलीले खानतलासी गरेको थियो ।
पाँच घण्टाको खानतलासीपछि प्रहरीले घरबाट कुनै सामग्री फेला नपारे पछि प्रहरीको चौतर्फी आलोचना भएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
ग्यास अभाव बारे प्रधानमन्त्री कार्यालयमा छलफल
-
अमरेशको सरकारलाई प्रश्न- मधेसका घटनामा लाठीभन्दा पहिला गोली किन चल्छ ?
-
सुनसरी घटनाको छानबिन गर्न न्यायिक समिति गठन गर्न एमालेको माग
-
एक लाख घुससहित नुवाकोटम्यागङ गाउँपालिकाकाका सूचना प्रविधि अधिकृत पक्राउ
-
काँग्रेसले आन्दोलनरत पक्षसँग सरकारले गरेको सहमतिमा उठायो प्रश्न
धेरै पढिएको
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
-
यी हुन् विश्वकप फुटबलका पाँच अप्रत्याशित नतिजा
विशेष
विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?
सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।