राष्ट्र बैंकको सञ्चालक समिति सात सदस्यीय बनाउने सहमति

१९ श्रावण, २०८३, मगलवार
सारांश
  • मंगलबार समितिमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयकमाथिको दफावार छलफलका क्रममा पूर्ववत रूपमा नै सात सदस्यीय समिति बनाउन सहमति जुटेको हो ।

काठमाडौं: प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिमा नेपाल राष्ट्र बैंकको सञ्चालक समिति एकजना महिलासहित सात सदस्यीय बनाउन सहमति भएको छ ।

 

मंगलबार समितिमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयकमाथिको दफावार छलफलका क्रममा पूर्ववत रूपमा नै सात सदस्यीय समिति बनाउन सहमति जुटेको हो ।

 

यसअघि राष्ट्र बैंकको सञ्चालक समिति नौ सदस्य राख्ने प्रस्ताव गरिएको थियो ।

 

बैठकमा अर्थमन्त्री डा. स्वर्णीम वाग्लेले संस्थामा विविधीकरण हुनु राम्रो भए पनि धेरै मानिस थप्दा व्यक्तित्वहरूको टकराव हुने जोखिम रहने बताए । उनले राष्ट्र बैंक विशिष्टिकृत संस्था भएकाले नातावाद वा राजनीतिक भर्तीकेन्द्र बनाउन नहुने बताएका थिए । 

 

 


 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?

सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।

थप समाचार