- ओलीले नागरिकलाई संयमता अपनाउन र सामाजिक सद्भाव कायम राख्न आग्रह गर्दै समाजमा विभाजन सिर्जना गर्ने उद्देश्यले भ्रामक प्रचार हुन सक्ने भएकाले त्यस्ता गतिविधिप्रति सचेत रहन सबै राजनीतिक दल, नागरिक समाज, सञ्चारकर्मी र आम नागरिकलाई अनुरोध गरेका छन् ।
काठमाडौँ: नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सुनसरीको देवानगञ्ज गाउँपालिकामा पछिल्ला केही दिनदेखि उत्पन्न तनावपूर्ण अवस्था, राज्य पक्षबाट भएको बल प्रयोग तथा त्यस क्रममा स्थानीय युवा ओमप्रकाश मेहता र सिरहाका गणेश यादवको गोली लागेर भएको मृत्युको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन्।
अध्यक्ष ओलीले सिरहासहित अन्य स्थानमा पनि गोली लागेर थप नागरिकको ज्यान गएको खबरले आफू स्तब्ध र मर्माहत भएको उल्लेख गरेका छन् । उनले घटनामा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेका छन्। साथै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।
ओलीले नागरिकलाई संयमता अपनाउन र सामाजिक सद्भाव कायम राख्न आग्रह गर्दै समाजमा विभाजन सिर्जना गर्ने उद्देश्यले भ्रामक प्रचार हुन सक्ने भएकाले त्यस्ता गतिविधिप्रति सचेत रहन सबै राजनीतिक दल, नागरिक समाज, सञ्चारकर्मी र आम नागरिकलाई अनुरोध गरेका छन् ।
सरकारले नागरिकको जीउधनको सुरक्षा गर्दै संवादमार्फत समस्या समाधान गर्नु प्राथमिक दायित्व भए पनि संवेदनशील अवस्थामा देखाएको उदासीनता, अत्यधिक बल प्रयोग र मौनता शंकास्पद तथा भर्त्सनायोग्य रहेको उनको भनाइ छ । उनले हिंसात्मक गतिविधि तत्काल रोक्न र संवादका माध्यमबाट समाधान खोज्न सरकारसँग आग्रह गरेका छन् ।
यस्तै, मुलुक कठिन परिस्थितिबाट गुज्रिरहेका बेला प्रमुख राजनीतिक दलहरूले आरोप–प्रत्यारोप र राजनीतिक प्रतिस्पर्धाभन्दा माथि उठेर शान्ति, सुरक्षा र स्थायित्वका लागि सहकार्य गर्नुपर्नेमा ओलीले जोड दिएका छन् ।
ओलीले द्वन्द्व र हिंसाबाट समस्याको समाधान सम्भव नहुने उल्लेख गर्दै संवाद, सहमति र जिम्मेवार सहकार्यबाट मात्रै वर्तमान संकटको निकास सम्भव रहेको बताएका छन्। राष्ट्रको शान्ति, सुरक्षा र सामाजिक सद्भाव जोगाउन सबै राजनीतिक दल, नागरिक समाज, बुद्धिजीवी तथा धार्मिक र सामाजिक समुदायका अगुवाहरूलाई राष्ट्रिय हितका पक्षमा एकजुट हुन पनि उनले आह्वान गरेका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
-
यी हुन् विश्वकप फुटबलका पाँच अप्रत्याशित नतिजा
विशेष
विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?
सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।