राष्ट्रपति पौडेलबाट प्रमुख निर्वाचन आयुक्त र दुई आयुक्त नियुक्त

१४ श्रावण, २०८३, बिहिवार
सारांश
  • यस्तै, ओखलढुङ्गाका गुरु प्रसाद वाग्ले र काठमाडौँका डा. राजीब सुब्बालाई निर्वाचन आयुक्तमा नियुक्त गरिएको राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले जानकारी दिएका छन् ।

काठमाडौँ: राष्ट्रपति रामचन्द्र पौडेलले निर्वाचन आयोगमा प्रमुख निर्वाचन आयुक्त र दुई जना निर्वाचन आयुक्त नियुक्त गरेका छन् ।

 

राष्ट्रपति कार्यालयका अनुसार नेपालको संविधानको धारा २४५ को उपधारा (२) बमोजिम संवैधानिक परिषद्को सिफारिसमा मोरङका मानबहादुर कार्कीलाई प्रमुख निर्वाचन आयुक्तमा नियुक्त गरिएको हो ।

 

यस्तै, ओखलढुङ्गाका गुरु प्रसाद वाग्ले र काठमाडौँका डा. राजीब सुब्बालाई निर्वाचन आयुक्तमा नियुक्त गरिएको राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले जानकारी दिएका छन् ।

 

नवनियुक्त पदाधिकारीहरूले अब निर्वाचन आयोगको संवैधानिक जिम्मेवारीअनुसार निर्वाचन व्यवस्थापन, अनुगमन तथा निर्वाचनसम्बन्धी अन्य कार्य सम्पादन गर्नेछन्।

 

 


 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

ब्रिक्स के हो, यसमा कुन कुन देश छन् ?

ब्रिक्स नाम सुरुमा ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिकाका अंग्रेजी नामका पहिलो अक्षरबाट बनेको थियो । सन् २००१ मा अर्थशास्त्री जिम ओ’निलले ‘ब्रिक’ शब्द प्रयोग गरेका थिए । सन् २०१० मा दक्षिण अफ्रिका समूहमा जोडिएपछि यसको नाम ‘ब्रिक्स’ भएको थियो ।

थप समाचार