उत्तरी कुवेतमा भएको आक्रमणमा एक नेपालीको मृत्यु

१४ श्रावण, २०८३, बिहिवार
सारांश
  • परराष्ट्र मन्त्रालयले उक्त घटनाको आधिकारिक पुष्टि तथा विस्तृत विवरण उपलब्ध गराउन कुवेतस्थित नेपाली राजदूतावासलाई निर्देशन दिइसकेको मन्त्रालयले जनाएको छ ।

काठमाडौँ: उत्तरी कुवेतमा बिहीबार बिहान भएको आक्रमणमा एक नेपाली नागरिकको मृत्यु भएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।

 

परराष्ट्र मन्त्रालयले उक्त घटनाको आधिकारिक पुष्टि तथा विस्तृत विवरण उपलब्ध गराउन कुवेतस्थित नेपाली राजदूतावासलाई निर्देशन दिइसकेको मन्त्रालयले जनाएको छ ।

 

मन्त्रालयका अनुसार नेपाली राजदूतावास कुवेतका सम्बन्धित सरकारी निकाय तथा सम्बद्ध कम्पनीसँग निरन्तर सम्पर्कमा रहेर घटनाबारे थप जानकारी संकलन गरिरहेको र यस घटनासम्बन्धी थप विवरण प्राप्त हुनेबित्तिकै सार्वजनिक गरिने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

 

 


 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

सामुदायिक क्याम्पसको सङ्कट: रूपनगर क्याम्पसले उठाएका प्रश्न

प्रा. गजुरेलले निजी क्याम्पसले अनुचित अभ्यास (कमिसन/सेटिङ) गरेर विद्यार्थी तान्ने गरेको आरोप लगाएका छन्। यो गम्भीर आरोप हो, र यसको समाधान क्याम्पसका सञ्चालकको गुनासोले होइन, विश्वविद्यालय र आयोगको नियमन तथा प्रमाणित तथ्यले गर्नुपर्छ।

थप समाचार