उत्तरी कुवेतमा भएको आक्रमणमा एक नेपालीको मृत्यु

१४ श्रावण, २०८३, बिहिवार
सारांश
  • परराष्ट्र मन्त्रालयले उक्त घटनाको आधिकारिक पुष्टि तथा विस्तृत विवरण उपलब्ध गराउन कुवेतस्थित नेपाली राजदूतावासलाई निर्देशन दिइसकेको मन्त्रालयले जनाएको छ ।

काठमाडौँ: उत्तरी कुवेतमा बिहीबार बिहान भएको आक्रमणमा एक नेपाली नागरिकको मृत्यु भएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।

 

परराष्ट्र मन्त्रालयले उक्त घटनाको आधिकारिक पुष्टि तथा विस्तृत विवरण उपलब्ध गराउन कुवेतस्थित नेपाली राजदूतावासलाई निर्देशन दिइसकेको मन्त्रालयले जनाएको छ ।

 

मन्त्रालयका अनुसार नेपाली राजदूतावास कुवेतका सम्बन्धित सरकारी निकाय तथा सम्बद्ध कम्पनीसँग निरन्तर सम्पर्कमा रहेर घटनाबारे थप जानकारी संकलन गरिरहेको र यस घटनासम्बन्धी थप विवरण प्राप्त हुनेबित्तिकै सार्वजनिक गरिने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

 

 


 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

ब्रिक्स के हो, यसमा कुन कुन देश छन् ?

ब्रिक्स नाम सुरुमा ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिकाका अंग्रेजी नामका पहिलो अक्षरबाट बनेको थियो । सन् २००१ मा अर्थशास्त्री जिम ओ’निलले ‘ब्रिक’ शब्द प्रयोग गरेका थिए । सन् २०१० मा दक्षिण अफ्रिका समूहमा जोडिएपछि यसको नाम ‘ब्रिक्स’ भएको थियो ।

थप समाचार