सुनसरी घटनाको जिम्मेवारी सरकारले लिनुपर्छ- बासना थापा

१४ श्रावण, २०८३, बिहिवार
सारांश
  • उनले यसअघि काठमाडौँको मेयर हुदा बालेन्द्र शाहले लेखेको स्ट्याटस उल्लेख गर्दै नेपाली नागरिकको मृत्युको पनि सत्ता बाहिर हुदा र सत्तामा हुदा फरक हुन्छ र भन्दै प्रश्न समेत गरेकी छन् ।

काठमाडौँ: नेपाली काँग्रेसले सुनसरी घटनाको जिम्मेवारी सरकारले लिनुपर्ने बताएको छ ।

 

प्रतिनिधि सभाको बैठकमा बोल्दै काँग्रेस प्रमुख सचेतक बासना थापाले सुनसरी घटनामा युवाको ज्यान गएको घटनाको जिम्मेवारी सरकारले लिनुपर्ने बताउदै घटना बारे सरकारले संसदमा जानकारी दिन माग गरेकी छन् ।

 

उनले यसअघि काठमाडौँको मेयर हुदा बालेन्द्र शाहले लेखेको स्ट्याटस उल्लेख गर्दै नेपाली नागरिकको मृत्युको पनि सत्ता बाहिर हुदा र सत्तामा हुदा फरक हुन्छ र भन्दै प्रश्न समेत गरेकी छन् ।

 

सांसद थापाले सुनसरी घटनामा सरकारको भूमिकाप्रति प्रश्न उठाउदै सरकार र खासगरी प्रधानमन्त्री संवादहिनतामा रहेको उल्लेख गरेकी छन् ।

 

 


 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

सामुदायिक क्याम्पसको सङ्कट: रूपनगर क्याम्पसले उठाएका प्रश्न

प्रा. गजुरेलले निजी क्याम्पसले अनुचित अभ्यास (कमिसन/सेटिङ) गरेर विद्यार्थी तान्ने गरेको आरोप लगाएका छन्। यो गम्भीर आरोप हो, र यसको समाधान क्याम्पसका सञ्चालकको गुनासोले होइन, विश्वविद्यालय र आयोगको नियमन तथा प्रमाणित तथ्यले गर्नुपर्छ।

थप समाचार