सरकारद्वारा चुच्चे नक्सा र आकाश भैरव अंकित नयाँ रु. १ को सिक्का सार्वजनिक गर्ने तयारी
१० श्रावण, २०८३, आइतवार
- राष्ट्र बैंकले तयार पारेको यो नयाँ डिजाइनलाई मन्त्रिपरिषद्ले स्वीकृति दिइसकेको छ र स्वीकृत फाइल अर्थ मन्त्रालय हुँदै पुनः नेपाल राष्ट्र बैंक पुगिसकेको छ।
काठमाडौँ: सरकारले नेपालको नयाँ राजनीतिक तथा प्रशासनिक चुच्चे नक्सा र सांस्कृतिक प्रतीक आकाश भैरव अंकित नयाँ एक रुपैयाँको सिक्का ल्याउने तयारी गरेको छ। राष्ट्र बैंकले तयार पारेको यो नयाँ डिजाइनलाई मन्त्रिपरिषद्ले स्वीकृति दिइसकेको छ र स्वीकृत फाइल अर्थ मन्त्रालय हुँदै पुनः नेपाल राष्ट्र बैंक पुगिसकेको छ।
यसअघि राष्ट्र बैंकले हिमाली सांस्कृतिक धरोहरलाई समेट्दै मुस्ताङको घार गुम्बाको तस्बिर अंकित डिजाइन स्वीकृतिका लागि पठाएको थियो। तर मन्त्रिपरिषद्ले राष्ट्रिय नक्सा र सांस्कृतिक पहिचानलाई प्राथमिकता दिनुपर्ने भन्दै उक्त प्रस्ताव फिर्ता पठाएर नयाँ डिजाइन माग गरेको थियो। सोही निर्देशनअनुसार आकाश भैरव र चुच्चे नक्सा समावेश गरी पुन: पठाइएको नयाँ डिजाइनलाई सरकारले स्वीकृत गरेको हो।
नयाँ आउने एक रुपैयाँको सिक्का साविकको भन्दा हेर्नमा आकर्षक हुनुका साथै यसको तौल र आकारमा पनि केही फेरबदल गरिनेछ। डिजाइन स्वीकृत भइसकेकाले अब राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले बोलपत्रमार्फत सिक्का टंकणको प्रक्रिया अगाडि बढाउनेछ र यो काम सम्पन्न भएपछि नयाँ सिक्का सर्वसाधारणको प्रयोगका लागि बजारमा ल्याइनेछ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
एमबिएस प्रश्नपत्र बाहिरिएको घटनामा केही व्यक्ति पक्राउ, तीन सदस्यीय छानबिन समिति गठन
-
नारायणकाजी भन्छन्- प्रदेश सरकार गठनमा एमालेसँगको सहकार्य परिस्थितिजन्य बाध्यता हो
-
सरकारद्वारा चुच्चे नक्सा र आकाश भैरव अंकित नयाँ रु. १ को सिक्का सार्वजनिक गर्ने तयारी
-
रोल्पामा पहिरोले पुरिएर दुई महिलाको मृत्यु
-
त्रिशूली नदीमा इभी भ्यान खस्दा चालक बेपत्ता
धेरै पढिएको
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
-
यी हुन् विश्वकप फुटबलका पाँच अप्रत्याशित नतिजा
विशेष
विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?
सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।