- व्यापार घाटा नियन्त्रणका लागि स्वदेशी उत्पादन वृद्धि, कृषि र उद्योगमा लगानी विस्तार, निर्यातमुखी उद्योगलाई प्रोत्साहन, नयाँ अन्तर्राष्ट्रिय बजारको खोजी र पूर्वाधार विकास अपरिहार्य देखिएको छ।
काठमाडौँ: आर्थिक वर्ष २०८२/८3 मा नेपालको वैदेशिक व्यापारको आकार विस्तार भए पनि आयातको उच्च वृद्धिदरका कारण व्यापार घाटा झनै गहिरिएको छ। भन्सार विभागका अनुसार गत आर्थिक वर्षमा नेपालको कुल वैदेशिक व्यापार अघिल्लो वर्षको तुलनामा १५.८८ प्रतिशतले बढेर २४ खर्ब ११ अर्ब ६६ करोड रुपैयाँ पुगेको छ। तर, आयातको गति तीव्र रहेकाले कुल व्यापार घाटा १७ खर्ब ८१ अर्ब ८ करोड रुपैयाँ पुगेको छ।
गत आर्थिक वर्षमा नेपालले २० खर्ब ९६ अर्ब ३७ करोड रुपैयाँबराबरका वस्तु आयात गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा १६.२० प्रतिशतले बढी हो। अर्कातर्फ निर्यात १३.८१ प्रतिशतले वृद्धि भई ३ खर्ब १५ अर्ब २९ करोड रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा कुल वैदेशिक व्यापार २० खर्ब ८१ अर्ब १५ करोड रुपैयाँ हुँदा व्यापार घाटा १५ खर्ब २७ अर्ब ९ करोड रुपैयाँ रहेको थियो। यस वर्ष व्यापार घाटा झन्डै २ खर्ब ५४ अर्ब रुपैयाँले थपिएको छ।
नेपालले विदेशबाट मुख्यगरी पेट्रोलियम पदार्थ, मोबाइल फोन, विद्युतीय तथा इलेक्ट्रोनिक उपकरण, सवारी साधन, मेसिनरी, औद्योगिक कच्चा पदार्थ र उपभोग्य सामग्री आयात गर्दै आएको छ। यता नेपालबाट अलैंची, प्रशोधित चिया, तयारी पोसाक, गलैंचा, जडीबुटी र हस्तकलाका सामग्री निर्यात हुने गरे पनि तिनको उत्पादन क्षमता र बजार पहुँच नगन्य छ।
आन्तरिक उत्पादनको आधार कमजोर हुनु, कृषिप्रधान देश भए पनि खाद्यान्न र इन्धनमा विदेशी बजारमै निर्भर रहनुका कारण आयात निरन्तर बढिरहेको छ। यसबाहेक तेस्रो मुलुकसँग प्रत्यक्ष व्यापार विस्तारको अभाव, समुद्री बन्दरगाहमा पहुँच नहुनु, कमजोर पूर्वाधार, उच्च ढुवानी लागत र बजार प्रवर्द्धनको कमीले नेपाली वस्तु अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी बन्न सकेका छैनन्।
व्यापार घाटा नियन्त्रणका लागि स्वदेशी उत्पादन वृद्धि, कृषि र उद्योगमा लगानी विस्तार, निर्यातमुखी उद्योगलाई प्रोत्साहन, नयाँ अन्तर्राष्ट्रिय बजारको खोजी र पूर्वाधार विकास अपरिहार्य देखिएको छ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
बाढी प्रभावित विद्यालयको अवस्था बुझ्न शिक्षामन्त्री पोखरेल नुवाकोटमा
-
चिलिमे हाइड्रोको सुरुङमा जारी उद्धार बारे सांसद सागर ढकालले के भने ?
-
भदौ २३ घटनाको सत्यतथ्य सार्वजनिक गरी दोषीलाई कारबाही गर्न गगन थापाको माग
-
जेनजीका शहीद र घाइतेको माग सम्बोधन गर्न सरकार प्रतिबद्ध : मन्त्री गौतम
-
चीनको वैदेशिक व्यापारमा उच्च वृद्धि, आठ महिनामा १७.६ प्रतिशतले बढ्यो
धेरै पढिएको
-
त्रिशूली ३ए मा उद्धारमा खटिएका प्राविधिकको गुनासो- आवश्यक उपकरण उपलब्ध भएन, नभएको कामको प्रचार भयो
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।