एमबिएस प्रश्नपत्र बाहिरिएको घटनामा केही व्यक्ति पक्राउ, तीन सदस्यीय छानबिन समिति गठन
१० श्रावण, २०८३, आइतवार
- प्रश्नपत्र बाहिरिएपछि त्रिभुवन विश्वविद्यालयको व्यवस्थापन सङ्काय डिनको कार्यालयले दोषीमाथि कारबाहीका लागि ‘साइबर ब्यूरो’लाई पत्राचार गरेको थियो।
काठमाडौँ: त्रिभुवन विश्वविद्यालय व्यवस्थापन सङ्काय अन्तर्गत ‘मास्टर्स अफ बिजनेस स्टडिज’ (एमबिएस) को प्रश्नपत्र सार्वजनिक गरेको आरोपमा केही व्यक्ति पक्राउ परेका छन्। शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको निर्देशनमा आज बिहान उनीहरूलाई नियन्त्रणमा लिइएको हो।'
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले नियन्त्रणमा लिइएका व्यक्तिहरूमाथि अनुसन्धान सुरु गरिसकेको छ। यही साउन ८ गते सञ्चालित स्नातकोत्तर तहको ‘अर्गनाइजेसनल बिहेबियर’ विषयको परीक्षा सुरु भएको केही मिनेटमै प्रश्नपत्र सामाजिक सञ्जालमा भाइरल भएको थियो।
प्रश्नपत्र बाहिरिएपछि त्रिभुवन विश्वविद्यालयको व्यवस्थापन सङ्काय डिनको कार्यालयले दोषीमाथि कारबाहीका लागि ‘साइबर ब्यूरो’लाई पत्राचार गरेको थियो।
यसैबिच, परीक्षा नियन्त्रण महाशाखाले घटनाको निष्पक्ष छानबिन गर्न प्रा. डा. अच्युत ज्ञवालीको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको छ। समितिका अन्य सदस्यहरूमा अनुगमन निर्देशनालयका उपनिर्देशक सहप्राध्यापक पुष्कर रैखला र केन्द्रीय परीक्षा सञ्चालक समितिका सदस्य सहप्राध्यापक महेशराज ओझा रहनुभएको छ।
उक्त समितिलाई सात कार्यदिनभित्र प्रतिवेदन बुझाउने कार्यादेश (TOR) दिइएको छ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानमा तीन पदाधिकारी नियुक्त
-
बाढी प्रभावित विद्यार्थीलाई मनोसामाजिक परामर्शपछि मात्रै कक्षा सञ्चालन गर्न निर्देशन
-
भोटेकोशीको बाढी विश्वमै असामान्य विपत्ति- प्राध्यापक डिक्स
-
‘निस्सा पाएपछि आधाभन्दा बढी जितिसक्यौँ’ : शेरबहादुर देउवा
-
पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्ध महाभियोग प्रकरणको रिट खारेज
धेरै पढिएको
-
यस्तो छ आईफोनको दुई दशक लामो यात्रा
-
त्रिशूली ३ए मा उद्धारमा खटिएका प्राविधिकको गुनासो- आवश्यक उपकरण उपलब्ध भएन, नभएको कामको प्रचार भयो
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
विशेष
यस्तो छ आईफोनको दुई दशक लामो यात्रा
सन् २००४-०५ तिर एप्पलको कार्यालयमा एउटा अनौठो गतिविधि शुरु भएको थियो । कम्पनीका केही दक्ष इन्जिनियरहरू अचानक आफ्नो पुरानो कामबाट हट्न थाले । उनीहरूसँग काम गर्ने अन्य कर्मचारीलाई समेत उनीहरू कहाँ गए र के काम गरिरहेका छन् भन्ने थाहा थिएन ।