सरकारद्वारा चुच्चे नक्सा र आकाश भैरव अंकित नयाँ रु. १ को सिक्का सार्वजनिक गर्ने तयारी
१० श्रावण, २०८३, आइतवार
- राष्ट्र बैंकले तयार पारेको यो नयाँ डिजाइनलाई मन्त्रिपरिषद्ले स्वीकृति दिइसकेको छ र स्वीकृत फाइल अर्थ मन्त्रालय हुँदै पुनः नेपाल राष्ट्र बैंक पुगिसकेको छ।
काठमाडौँ: सरकारले नेपालको नयाँ राजनीतिक तथा प्रशासनिक चुच्चे नक्सा र सांस्कृतिक प्रतीक आकाश भैरव अंकित नयाँ एक रुपैयाँको सिक्का ल्याउने तयारी गरेको छ। राष्ट्र बैंकले तयार पारेको यो नयाँ डिजाइनलाई मन्त्रिपरिषद्ले स्वीकृति दिइसकेको छ र स्वीकृत फाइल अर्थ मन्त्रालय हुँदै पुनः नेपाल राष्ट्र बैंक पुगिसकेको छ।
यसअघि राष्ट्र बैंकले हिमाली सांस्कृतिक धरोहरलाई समेट्दै मुस्ताङको घार गुम्बाको तस्बिर अंकित डिजाइन स्वीकृतिका लागि पठाएको थियो। तर मन्त्रिपरिषद्ले राष्ट्रिय नक्सा र सांस्कृतिक पहिचानलाई प्राथमिकता दिनुपर्ने भन्दै उक्त प्रस्ताव फिर्ता पठाएर नयाँ डिजाइन माग गरेको थियो। सोही निर्देशनअनुसार आकाश भैरव र चुच्चे नक्सा समावेश गरी पुन: पठाइएको नयाँ डिजाइनलाई सरकारले स्वीकृत गरेको हो।
नयाँ आउने एक रुपैयाँको सिक्का साविकको भन्दा हेर्नमा आकर्षक हुनुका साथै यसको तौल र आकारमा पनि केही फेरबदल गरिनेछ। डिजाइन स्वीकृत भइसकेकाले अब राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले बोलपत्रमार्फत सिक्का टंकणको प्रक्रिया अगाडि बढाउनेछ र यो काम सम्पन्न भएपछि नयाँ सिक्का सर्वसाधारणको प्रयोगका लागि बजारमा ल्याइनेछ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
एमालेसँग एकताको सम्भावना छैन- प्रचण्ड
-
भिटामिन ए तथा जुकाको औषधि वितरण कात्तिक १७ र १८ गते सञ्चालन हुने
-
राष्ट्रिय जागरण अभियानमा सहभागी हुन नेपाली कम्युनिष्ट पार्टीको अपिल
-
इटलीमा महँगीविरुद्ध देशव्यापी प्रदर्शन, प्रमुख सहरमा हजारौँ सुरक्षाकर्मी परिचालन
-
जलवायु अनुकूलन कोषबाट नेपालका तीन परियोजना स्वीकृत
धेरै पढिएको
विशेष
आस्था, इतिहास र संस्कृतिको संगम : हुति गाउँको अनौठो हरिणजात्रा !
हिमालको काख, महाकालीको तट र पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको धार्मिक आस्थाको जगमा उभिएको एउटा अद्भुत सांस्कृतिक परम्परा हरिण जात्रा सुदुरको परिचय हो।