बुद्ध एयरले भित्र्यायो अत्याधुनिक एटीआर ७२-६०० विमान, पोखराको उडान सेवा सुदृढ हुने
९ श्रावण, २०८३, शनिवार
- टेलस कम्पनीद्वारा निर्मित पूर्ण डिजिटल ‘ग्लास ककपिट’ र ५ वटा मल्टिफंक्शनल एलसीडी स्क्रिन जडान गरिएको यो विमान इन्धन खपत कम गर्ने र ध्वनि प्रदूषण घटाउने विशेषतायुक्त छ।
काठमाडौँ: आन्तरिक उडानको अग्रणी वायुसेवा कम्पनी बुद्ध एयरले फ्रान्सबाट नयाँ पुस्ताको अत्याधुनिक एटीआर ७२-६०० सिरिजको विमान (नाइनएन-एओएस) भित्र्याएको छ। झन्डै डेढ अर्ब रुपैयाँ लागतमा खरिद गरिएको यो विमान थपिएसँगै बुद्ध एयरको कुल विमान सङ्ख्या १७ पुगेको छ।
टेलस कम्पनीद्वारा निर्मित पूर्ण डिजिटल ‘ग्लास ककपिट’ र ५ वटा मल्टिफंक्शनल एलसीडी स्क्रिन जडान गरिएको यो विमान इन्धन खपत कम गर्ने र ध्वनि प्रदूषण घटाउने विशेषतायुक्त छ।
यस विमानको मुख्य प्राविधिक सबलता भूउपग्रहमा आधारित उच्चस्तरीय आरएनपी-एआर नेभिगेसन प्रणाली हो। यस प्रविधिले कठिन भौगोलिक बनावट र खराब मौसमका बीच पनि कम भिजिबिलिटीमा विमान अवतरण सहज बनाउँछ।
हाल पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा उडान/अवतरणका लागि कम्तीमा ३,१०० मिटर भिजिबिलिटी आवश्यक पर्नेमा यो प्रविधि पूर्ण रूपमा कार्यान्वयन भएपछि १,७०० देखि २,००० मिटरसम्मको कम भिजिबिलिटीमा पनि सुरक्षित अवतरण सम्भव हुनेछ। यसबाट हिउँद र वर्षात्मा मौसमका कारण हुने उडान रद्दको दर ३ प्रतिशतभन्दा तल झर्ने अपेक्षा गरिएको छ।
कम्पनीले यस प्रणालीको सफल प्रयोगपछि पोखराबाट एयरबस (ए३१९) जेटमार्फत सीधा अन्तर्राष्ट्रिय उडान सुरु गर्ने दीर्घकालीन लक्ष्य राखेको छ। साथै, आगामी केही महिनाभित्र थप दुई वटा एटीआर ७२-६०० विमान ल्याउने बुद्ध एयरको योजना छ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
बाढी प्रभावित विद्यालयको अवस्था बुझ्न शिक्षामन्त्री पोखरेल नुवाकोटमा
-
चिलिमे हाइड्रोको सुरुङमा जारी उद्धार बारे सांसद सागर ढकालले के भने ?
-
भदौ २३ घटनाको सत्यतथ्य सार्वजनिक गरी दोषीलाई कारबाही गर्न गगन थापाको माग
-
जेनजीका शहीद र घाइतेको माग सम्बोधन गर्न सरकार प्रतिबद्ध : मन्त्री गौतम
-
चीनको वैदेशिक व्यापारमा उच्च वृद्धि, आठ महिनामा १७.६ प्रतिशतले बढ्यो
धेरै पढिएको
-
त्रिशूली ३ए मा उद्धारमा खटिएका प्राविधिकको गुनासो- आवश्यक उपकरण उपलब्ध भएन, नभएको कामको प्रचार भयो
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।