१२ लाखभन्दा बढी विदेशी पर्यटक भित्रिए, भारत अग्रस्थानमा
९ श्रावण, २०८३, शनिवार
- सरकारले सन् २०२७ लाई ‘आरोग्य पर्यटन वर्ष’ का रूपमा मनाउने घोषणा गरिसकेकाले चालु वर्षमा पर्यटक आगमन अझै बढ्ने अपेक्षा गरिएको छ।
काठमाडौँ: नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८२/८३ मा १२ लाखभन्दा बढी विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन्। पर्यटन क्षेत्रमा आएको यो सुधारले अर्थतन्त्रमा सकारात्मक सङ्केत देखाएको छ।
अघिल्लो वर्षको तुलनामा पर्यटकीय गतिविधिमा वृद्धि भएपछि बोर्डले अब बसाइ अवधि लम्ब्याउने र उच्च बजेटका पर्यटक भित्र्याउने नयाँ रणनीति तय गरेको छ।
नेपाल भित्रिने पर्यटकमा सबैभन्दा ठूलो हिस्सा छिमेकी मुलुक भारतको रहेको छ। कुल आगमनको करिब २५.७६ प्रतिशत अर्थात् ३ लाख ११ हजार ५३१ पर्यटक भारतबाट मात्रै आएका हुन्।
भारतपछि अमेरिका र चीन क्रमशः दोस्रो र तेस्रो प्रमुख स्रोत बजारका रूपमा स्थापित भएका छन्। गत वर्ष अमेरिकाबाट १ लाख ११ हजार ३२५ पर्यटकले नेपाल भ्रमण गरे भने चिनबाट १ लाख ९ हजार ८९२ पर्यटकले नेपाल भ्रमण गरे।
यसैगरी बंगलादेशबाट ५८ हजारभन्दा बढी, बेलायतबाट ५६ हजार, अस्ट्रेलियाबाट ५३ हजार, श्रीलंकाबाट ४३ हजार र भुटानबाट ३६ हजारभन्दा बढी पर्यटक नेपाल आएका छन्। म्यानमार, जर्मनी, थाइल्यान्ड, जापान र मलेसियाबाट आउनेको सङ्ख्या पनि २५ हजारभन्दा माथि रहेको छ।
कुन महिनामा भयो धेरै आगमन?
मुख्य पर्यटकीय सिजन मानिने कात्तिक (अक्टोबर/नोभेम्बर) मा सबैभन्दा बढी १ लाख २४ हजार ८२९ जना पर्यटक नेपाल भित्रिए।
चैत: १ लाख १९ हजार+
फागुन: १ लाख १४ हजार+
असोज: १ लाख ११ हजार+
साथै, सरकारले सन् २०२७ लाई ‘आरोग्य पर्यटन वर्ष’ का रूपमा मनाउने घोषणा गरिसकेकाले चालु वर्षमा पर्यटक आगमन अझै बढ्ने अपेक्षा गरिएको छ।
बोर्डका अनुसार अब नेपालको पर्यटन रणनीति परिमाण (सङ्ख्या) भन्दा पनि गुणस्तरमा केन्द्रित हुनेछ। धेरै खर्च गर्ने पर्यटक भित्र्याउने, उनीहरूको नेपाल बसाइ अवधि लम्ब्याउने र नयाँ अन्तर्राष्ट्रिय बजारसम्म पहुँच पुर्याउने लक्ष्यसहित काम अगाडि बढाइने बोर्डले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
बाढी प्रभावित विद्यालयको अवस्था बुझ्न शिक्षामन्त्री पोखरेल नुवाकोटमा
-
चिलिमे हाइड्रोको सुरुङमा जारी उद्धार बारे सांसद सागर ढकालले के भने ?
-
भदौ २३ घटनाको सत्यतथ्य सार्वजनिक गरी दोषीलाई कारबाही गर्न गगन थापाको माग
-
जेनजीका शहीद र घाइतेको माग सम्बोधन गर्न सरकार प्रतिबद्ध : मन्त्री गौतम
-
चीनको वैदेशिक व्यापारमा उच्च वृद्धि, आठ महिनामा १७.६ प्रतिशतले बढ्यो
धेरै पढिएको
-
त्रिशूली ३ए मा उद्धारमा खटिएका प्राविधिकको गुनासो- आवश्यक उपकरण उपलब्ध भएन, नभएको कामको प्रचार भयो
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।