सोनम वाङ्चुकको प्रतिक्रिया: लोकतन्त्रको जित, अब सुधारतर्फ अघि बढ्नुपर्छ

९ श्रावण, २०८३, शनिवार
सारांश
  • उनका अनुसार राजीनामा अन्तिम लक्ष्य नभई शिक्षा प्रणालीमा आवश्यक सुधार लागू गर्नु नै अबको प्रमुख दायित्व हो ।

काठमाडौँ: भारतका वातावरण अभियन्ता तथा शिक्षाविद् सोनम वाङ्चुकले शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामापछि यसलाई लोकतन्त्रको विजयको रूपमा व्याख्या गरेका छन् ।

 

सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै वाङ्चुकले यो सडकबाट उठेको प्रत्यक्ष लोकतन्त्रको जित भएको बताएका छन् । उनले शान्ति, धैर्य र निरन्तर संघर्षको पनि विजय भएको उल्लेख गरेका छन् ।

 

उनले ककरोच जनता पार्टी (सिजेपी) को आव्हानमा आन्दोलनमा सहभागी भएका देशभरका नयाँ पुस्ता तथा सबै नागरिकलाई बधाई दिँदै डर र त्रासलाई पराजित गरेर देशका हरेक कुनाबाट आवाज उठाएकोमा धन्यवाद व्यक्त गरेका छन् ।

 

वाङ्चुकले अब जिम्मेवारी सुनिश्चित गरिसकेपछि सुधारको चरणतर्फ अघि बढ्नुपर्नेमा जोड दिएका छन् । उनका अनुसार राजीनामा अन्तिम लक्ष्य नभई शिक्षा प्रणालीमा आवश्यक सुधार लागू गर्नु नै अबको प्रमुख दायित्व हो ।

 

उनले लोकतान्त्रिक दबाबले परिवर्तन सम्भव हुने सन्देश दिएको भन्दै अब शिक्षा क्षेत्रमा दीर्घकालीन सुधारका लागि सबै पक्ष एकजुट हुनुपर्ने आवश्यकता औँल्याएका छन् ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?

सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।

थप समाचार