- भारतका केन्द्रीय मन्त्री जगतप्रकाश नड्डा र डा. जितेन्द्र सिंहसँग भएको छलफलपछि उनले गएराती अनशन तोडेको जनाएका छन् ।
काठमाण्डौ, ०८ श्रावण । भारतका सामाजिक अभियन्ता सोनम वाङचुकले २६ दिन लामो अनशन अन्त्य गरेका छन् । भारतका केन्द्रीय मन्त्री जगतप्रकाश नड्डा र डा. जितेन्द्र सिंहसँग भएको छलफलपछि उनले गएराती अनशन तोडेको जनाएका छन् ।
वाङचुकले सामाजिक सञ्जालमार्फत दिएको जानकारीअनुसार लेह-लद्दाखको शीर्ष नेतृत्वको उपस्थितिमा विभिन्न चरणको लामो वार्तापछि उनले देशमा सम्भावित हिंसात्मक अवस्था टार्ने उद्देश्यले अनशन अन्त्य गर्ने निर्णय गरेका हुन् ।
उनका अनुसार अनशनका क्रममा विभिन्न राजनीतिक दलका ६५ सांसदले प्रत्यक्ष भेटघाट वा पत्रमार्फत अनशन अन्त्य गर्न आग्रह गरेका थिए । ती आग्रह र सरकारसँग भएका सहमतिका आधारमा उनले २६ दिनपछि अनशन तोडेको बताएका छन् ।
यसअघि विपक्षी दलका सांसदहरूको प्रतिनिधिमण्डल पनि वाङचुकलाई भेट्न पुगेको थियो । उनीहरूले समेत स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै अनशन अन्त्य गर्न आग्रह गरेका थिए ।
यसैबीच, ‘ककरोच जनता पार्टी’का संस्थापक अध्यक्ष अभिजित दिपकेले वाङचुकले अनशन अन्त्य गरेको खबरले राहत महसुस भएको बताएका छन् । उनले २६ दिनसम्मको कठिन अनशनपछि वाङचुकले आन्दोलनको यो चरण समाप्त गरेकोमा आभार व्यक्त गरेका छन् ।
दिपकेले आफ्नो सामाजिक सञ्जाल सन्देशमा जन्तरमन्तरमा जारी पार्टीको शान्तिपूर्ण प्रदर्शन भने धर्मेन्द्र प्रधानले राजीनामा नदिएसम्म निरन्तर जारी रहने बताएका छन् ।
पार्टीका मुख्य प्रवक्ता सौरभ दासले सरकारसँगको सहमतिअनुसार शुक्रबार तटस्थ स्थानमा छलफल आयोजना गरिएको जानकारी दिएका छन् । उनका अनुसार उक्त छलफलका लागि भारतको संविधान क्लबलाई स्थलका रूपमा चयन गरिएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
त्रिशूली ३ए मा उद्धारमा खटिएका प्राविधिकको गुनासो- आवश्यक उपकरण उपलब्ध भएन, नभएको कामको प्रचार भयो
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।