- मुख्यमन्त्रीले राजीनामाको घोषणा गरेपछि अविश्वासको प्रस्ताव अगाडी बढाउन आवश्यक नभएको भन्दै प्रदेश सभा बैठक स्थगित भएको छ ।
सुर्खेत: कर्णाली प्रदेशका मुख्यमन्त्री यमलाल कँडेलले राजीनामा दिएका छन् ।
मुख्यमन्त्री कँडेलले प्रदेश सभामा सम्बोधन गर्दै प्रमुख दल नेपाली काँग्रेस र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले आफुविरुद्ध अविश्वास प्रस्ताव ल्याएको भन्दै आफुले राजीनामा दिने घोषणा गरेका थिए ।
मुख्यमन्त्रीले राजीनामाको घोषणा गरेपछि अविश्वासको प्रस्ताव अगाडी बढाउन आवश्यक नभएको भन्दै प्रदेश सभा बैठक स्थगित भएको छ ।
यसअघि नेपाली काँग्रेस र नेकपाले मुख्यमन्त्री कंडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका थिए ।
कांग्रेस र नेकपा मिलेर गत बिहीबार दर्ता गरेको अविश्वासको प्रस्तावमा मुख्यमन्त्रीमा कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीलाई प्रस्ताव गरिएको छ ।
४० सदस्यीय प्रदेश सभामा काँग्रेस र नेकपाका १४-१४ सांसद छन् भने एमालेका १० तथा राप्रपा र स्वतन्त्र एक एक सांसद छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
-
यी हुन् विश्वकप फुटबलका पाँच अप्रत्याशित नतिजा
विशेष
विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?
सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।