सोनम वाङ्चुकको प्रतिक्रिया: लोकतन्त्रको जित, अब सुधारतर्फ अघि बढ्नुपर्छ
९ श्रावण, २०८३, शनिवार
- उनका अनुसार राजीनामा अन्तिम लक्ष्य नभई शिक्षा प्रणालीमा आवश्यक सुधार लागू गर्नु नै अबको प्रमुख दायित्व हो ।
काठमाडौँ: भारतका वातावरण अभियन्ता तथा शिक्षाविद् सोनम वाङ्चुकले शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामापछि यसलाई लोकतन्त्रको विजयको रूपमा व्याख्या गरेका छन् ।
सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै वाङ्चुकले यो सडकबाट उठेको प्रत्यक्ष लोकतन्त्रको जित भएको बताएका छन् । उनले शान्ति, धैर्य र निरन्तर संघर्षको पनि विजय भएको उल्लेख गरेका छन् ।
उनले ककरोच जनता पार्टी (सिजेपी) को आव्हानमा आन्दोलनमा सहभागी भएका देशभरका नयाँ पुस्ता तथा सबै नागरिकलाई बधाई दिँदै डर र त्रासलाई पराजित गरेर देशका हरेक कुनाबाट आवाज उठाएकोमा धन्यवाद व्यक्त गरेका छन् ।
वाङ्चुकले अब जिम्मेवारी सुनिश्चित गरिसकेपछि सुधारको चरणतर्फ अघि बढ्नुपर्नेमा जोड दिएका छन् । उनका अनुसार राजीनामा अन्तिम लक्ष्य नभई शिक्षा प्रणालीमा आवश्यक सुधार लागू गर्नु नै अबको प्रमुख दायित्व हो ।
उनले लोकतान्त्रिक दबाबले परिवर्तन सम्भव हुने सन्देश दिएको भन्दै अब शिक्षा क्षेत्रमा दीर्घकालीन सुधारका लागि सबै पक्ष एकजुट हुनुपर्ने आवश्यकता औँल्याएका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
आस्था, इतिहास र संस्कृतिको संगम : हुति गाउँको अनौठो हरिण जात्रा हरिणजात्रा !
-
अर्थमन्त्री डा. वाग्लेद्वारा भारत–नेपाल सहकार्यबाट समृद्धि हासिल गर्नेमा जोड
-
राष्ट्र बैंकले बन्द गर्यो अस्थायीरुपमा वेबसाइटसहितका सेवा
-
ताइवानमा शक्तिशाली आँधी: विद्यालय र कार्यालय बन्द, हजारौँ विस्थापित
-
रजनीकान्तको ‘जेलर २’ कीर्तिमानी कमाई
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’