बुद्ध एयरले भित्र्यायो अत्याधुनिक एटीआर ७२-६०० विमान, पोखराको उडान सेवा सुदृढ हुने

९ श्रावण, २०८३, शनिवार
सारांश
  • टेलस कम्पनीद्वारा निर्मित पूर्ण डिजिटल ‘ग्लास ककपिट’ र ५ वटा मल्टिफंक्शनल एलसीडी स्क्रिन जडान गरिएको यो विमान इन्धन खपत कम गर्ने र ध्वनि प्रदूषण घटाउने विशेषतायुक्त छ।

काठमाडौँ: आन्तरिक उडानको अग्रणी वायुसेवा कम्पनी बुद्ध एयरले फ्रान्सबाट नयाँ पुस्ताको अत्याधुनिक एटीआर ७२-६०० सिरिजको विमान (नाइनएन-एओएस) भित्र्याएको छ। झन्डै डेढ अर्ब रुपैयाँ लागतमा खरिद गरिएको यो विमान थपिएसँगै बुद्ध एयरको कुल विमान सङ्ख्या १७ पुगेको छ।

 

टेलस कम्पनीद्वारा निर्मित पूर्ण डिजिटल ‘ग्लास ककपिट’ र ५ वटा मल्टिफंक्शनल एलसीडी स्क्रिन जडान गरिएको यो विमान इन्धन खपत कम गर्ने र ध्वनि प्रदूषण घटाउने विशेषतायुक्त छ।

 

यस विमानको मुख्य प्राविधिक सबलता भूउपग्रहमा आधारित उच्चस्तरीय आरएनपी-एआर नेभिगेसन प्रणाली हो। यस प्रविधिले कठिन भौगोलिक बनावट र खराब मौसमका बीच पनि कम भिजिबिलिटीमा विमान अवतरण सहज बनाउँछ।

 

हाल पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा उडान/अवतरणका लागि कम्तीमा ३,१०० मिटर भिजिबिलिटी आवश्यक पर्नेमा यो प्रविधि पूर्ण रूपमा कार्यान्वयन भएपछि १,७०० देखि २,००० मिटरसम्मको कम भिजिबिलिटीमा पनि सुरक्षित अवतरण सम्भव हुनेछ। यसबाट हिउँद र वर्षात्‌मा मौसमका कारण हुने उडान रद्दको दर ३ प्रतिशतभन्दा तल झर्ने अपेक्षा गरिएको छ।

 

कम्पनीले यस प्रणालीको सफल प्रयोगपछि पोखराबाट एयरबस (ए३१९) जेटमार्फत सीधा अन्तर्राष्ट्रिय उडान सुरु गर्ने दीर्घकालीन लक्ष्य राखेको छ। साथै, आगामी केही महिनाभित्र थप दुई वटा एटीआर ७२-६०० विमान ल्याउने बुद्ध एयरको योजना छ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?

सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।

थप समाचार