ट्रम्पको दाबी: चीन र रुस इरान युद्धमा संलग्न छैनन्, हस्तक्षेप गरे गम्भीर परिणाम भोग्नुपर्छ
९ श्रावण, २०८३, शनिवार
- ट्रम्पले सी जिनपिङप्रति आफूलाई विश्वास रहेको बताएका छन्। साथै, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पनि इरानलाई हतियार बिक्री नगर्ने जानकारी आफूलाई दिएको उनको दाबी छ।
काठमाडौँ: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन वा रुस इरानसँगको युद्धमा संलग्न रहेको आफूलाई नलागेको बताएका छन् । तर ती देशहरूले युद्धमा हस्तक्षेप गरे त्यसको गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी पनि दिएका छन् ।
सामाजिक सञ्जालमार्फत ट्रम्पले हालै बेइजिङमा भएको भेटवार्ताका क्रममा चिनियाँ राष्ट्रपति सी जिनपिङले कुनै पनि अवस्थामा इरानलाई हतियार उपलब्ध नगराउने विश्वास दिलाएको बताएका छन् । उनले चिनियाँ कम्पनीहरूले पनि इरानलाई हतियार नदिने प्रतिबद्धता जनाएको उल्लेख गरेका छन् ।
ट्रम्पले सी जिनपिङप्रति आफूलाई विश्वास रहेको बताएका छन्। साथै, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पनि इरानलाई हतियार बिक्री नगर्ने जानकारी आफूलाई दिएको उनको दाबी छ।
उनले युक्रेन युद्ध जारी रहे पनि पुटिनसँग आफ्नो संवाद निरन्तर रहेको बताएका छन्। ट्रम्पका अनुसार अमेरिका युक्रेनलाई प्रत्यक्ष रूपमा हतियार बिक्री गर्दैन, बरु उत्तर एटलान्टिक सन्धि सङ्गठनका सदस्य राष्ट्रहरूलाई बिक्री गर्छ। ती देशहरूले हतियारको पूरा मूल्य तिर्छन् र त्यसपछि ती हतियार कहाँ र कसरी पठाइन्छ भन्नेबारे आफूलाई जानकारी नहुने उनले बताए।
ट्रम्पले इरान र अमेरिकाबीच वार्ता जारी रहेको पनि जानकारी दिएका छन्। इरान वार्ताका लागि तयार भए अमेरिका पनि छलफल गर्न इच्छुक रहेको तर इरानलाई कुनै पनि अवस्थामा आणविक हतियार राख्न अनुमति नदिइने उनको भनाइ छ।
वासिङ्टनमा आयोजित एक कार्यक्रममा ट्रम्पले अमेरिकी सैन्य कारबाहीबाट इरानको सैन्य क्षमतामा ठूलो क्षति पुगेको दाबी गरे ।
उनले इरानसँग अहिले प्रभावकारी राडार प्रणाली नरहेको, ड्रोनको सङ्ख्या पनि निकै घटेको र कहिलेकाहीँ छिटपुट आक्रमण गरे पनि पहिलेजस्तो क्षमता अब नरहेको बताएका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
बाढी प्रभावित विद्यालयको अवस्था बुझ्न शिक्षामन्त्री पोखरेल नुवाकोटमा
-
चिलिमे हाइड्रोको सुरुङमा जारी उद्धार बारे सांसद सागर ढकालले के भने ?
-
भदौ २३ घटनाको सत्यतथ्य सार्वजनिक गरी दोषीलाई कारबाही गर्न गगन थापाको माग
-
जेनजीका शहीद र घाइतेको माग सम्बोधन गर्न सरकार प्रतिबद्ध : मन्त्री गौतम
-
चीनको वैदेशिक व्यापारमा उच्च वृद्धि, आठ महिनामा १७.६ प्रतिशतले बढ्यो
धेरै पढिएको
-
त्रिशूली ३ए मा उद्धारमा खटिएका प्राविधिकको गुनासो- आवश्यक उपकरण उपलब्ध भएन, नभएको कामको प्रचार भयो
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।