इलाममा कार्यरत इन्जिनियर ६ लाख घुस रकमसहित पक्राउ

३१ आषाढ़, २०८३, बुधवार
सारांश
  • इन्जिनियर डिल्ली राज खड्काले पुलको रिडिजाइन स्वीकृत गराइदिएको तथा ठेक्काको भुक्तानी प्रकृयामा सहजीकरण गरिदिने प्रयोजनको लागि लिएको ६ लाख घुससहित पक्राउ परेको अख्तियारले जनाएको छ ।

काठमाडौँ: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलामको चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर घुस रकमसहित पक्राउ परेका छन् ।

 

इन्जिनियर डिल्ली राज खड्काले पुलको रिडिजाइन स्वीकृत गराइदिएको तथा ठेक्काको भुक्तानी प्रकृयामा सहजीकरण गरिदिने प्रयोजनको लागि लिएको ६ लाख घुससहित पक्राउ परेको अख्तियारले जनाएको छ ।

 

अख्तियारले खड्कालाई घुस लिइसकेको अवस्थामा दमक नगरपालिका-१ स्थित खाजा घरबाट नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जनाएको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार