- ट्राफिक नियम उल्लंघनमा सर्वसाधारणलाई कारबाही हुने तर सिटबेल्ट नलगाई सवारी चलाउने उच्च पदस्थ व्यक्तिहरूमाथि कारबाही किन नहुने भन्दै उनले प्रश्न गरे ।
काठमाडौं: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले गणेश नेपालीको मृत्युको घटनामा सरकारले राजनीति गरेको आरोप लगाएका छन् ।
मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै गृहमन्त्री सुदन गुरुङले नेपालीको मृत्यु प्रकरणमा राजनीति गरेको बताउदै जनताको अधिकारको कुरा गर्दा र कानुनको पालना गर भन्दा राजनीति गरेको नहुने बताएका हुन् ।
गृहमन्त्री गुरुङलाई कर्णालीको भीरमा अड्किएकालाई उद्धार नगरेको भन्दा संसदमा राजनीतिकरण भएको बताएको भन्दै संसद शाहीले संसद् भवनमा आगो लगाएर चुनाव लड्नु राजनीतिकरण भएको तर कर्णालीको भीरमा अड्किएकालाई उद्धार गर भन्दा राजनीति नहुने बताए ।
उनले भने- 'संसद् भवन चाहिँदैन भनेर आगो लगाउने तर पछि त्यही संसद्को चुनाव लड्ने गतिविधिलाई राजनीतिकरण भनिन्छ । आफू पदमा नहुँदा नेताको तलब हटाउनुपर्छ, अघि र पछि ट्याइँट्याइँ र टुइँटुइँ गाडी, सुरक्षाकर्मी राख्न हुँदैन भन्ने तर आफू सत्तामा पुगेपछि सुरक्षाकर्मी, लावालस्कर लिएर हिँड्नेलाई राजनीतिकरण भनिन्छ ।'
उनले कानुन सबैका लागि समान रूपमा लागू हुनुपर्ने भन्दै सरकारको कार्यशैलीमाथि प्रश्न उठाए । सांसद शाहीले विगतमा ‘सिंहदरबारभन्दा मान्छेको जीवन ठूलो’ भन्नेहरू अहिले ‘मान्छेको जीवनभन्दा नियम ठूलो भन्दै हिँडेको आरोप लगाए । उनले कुनै नागरिकको जीवन समाप्त हुने अवस्था सिर्जना गर्नु पनि अपराध भएको बताए ।
शाहीले आफ्नो दलले सडकमा जथाभावी पार्किङ गर्नुपर्छ वा ट्राफिक नियम उल्लङ्घन गर्नुपर्छ भनेर कहिल्यै नभनेको बताउँदै त्यसविपरीत भ्रम फैलाएर चरित्र हत्या गर्ने प्रयास गरिएको आरोप लगाए । उनले भने- 'यदि कसैसँग हिम्मत छ भने संसद्को रेकर्ड हेरे हुन्छ। हामीले कहिल्यै जथाभावी पार्किङ गर्नुपर्छ भनेका छैनौँ । यस्ता भ्रम फैलाएर मानिसको चरित्र हत्या गर्ने काम तत्काल बन्द गरियोस् ।’
ट्राफिक नियम उल्लंघनमा सर्वसाधारणलाई कारबाही हुने तर सिटबेल्ट नलगाई सवारी चलाउने उच्च पदस्थ व्यक्तिहरूमाथि कारबाही किन नहुने भन्दै उनले प्रश्न गरे ।
सांसद शाहीले जलनबाट पीडित गणेश नेपालीलाई अस्पताल लैजाने क्रममा अपनाइएको प्रक्रियामाथि पनि प्रश्न उठाएका छन् । उनले गम्भीर जलन भएका बिरामीलाई एम्बुलेन्समार्फत किर्तिपुरस्थित जलन अस्पताल लैजानुपर्नेमा अपराधी जस्तो हिँडाएर वीर अस्पताल लागिएको भन्दै आपत्ति जनाए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
प्रधानमन्त्री निरंकुश बनेको आरोप लगाउदै निश्कल राईले भने- 'श्री ८ वालेन्द्र शाह'
-
ज्ञानेन्द्र शाहीले दिए गृहमन्त्री गुरुङलाई जवाफ
-
पुरुष बाँझोपन उपचारमा नयाँ आशा: मानव स्टेम सेलबाट शुक्राणु विकासतर्फ महत्वपूर्ण फड्को
-
११ महिनामा व्यापार घाटा १५.७ प्रतिशतले बढ्यो
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
धेरै पढिएको
विशेष
विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?
सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।