- बैठकमा विभिन्न वार्षिक प्रतिवेदन पेस, विधेयक प्रस्तुत तथा अन्तर्राष्ट्रिय सन्धिमाथि छलफल र अनुमोदनसम्बन्धी प्रस्तावहरू अघि बढाइने कार्यसूची रहेको छ ।
काठमाण्डौ, ३० अषाढ़ । प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजेदेखि बस्दैछ । बैठकमा विभिन्न वार्षिक प्रतिवेदन पेस, विधेयक प्रस्तुत तथा अन्तर्राष्ट्रिय सन्धिमाथि छलफल र अनुमोदनसम्बन्धी प्रस्तावहरू अघि बढाइने कार्यसूची रहेको छ ।
बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले विभिन्न वार्षिक प्रतिवेदन पेस गर्ने कार्यक्रम रहेको छ ।
मन्त्री गौतमले न्याय परिषद्को आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदन, न्याय सेवा आयोगको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदन तथा लोक सेवा आयोगको छैसट्ठीऔँ वार्षिक प्रतिवेदन (२०८१ साउनदेखि २०८२ असारसम्म) सदनमा पेस गर्ने कार्यसूची रहेको छ ।
त्यसैगरी, बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्ने विधेयक, २०८३’ प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव राख्नेछन् । त्यसपछि उक्त विधेयक सदनमा प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।यस्तै, प्रधानमन्त्री शाहको तर्फबाट मन्त्री गौतमले ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउने सम्बन्धी विधेयक, २०८३’ र ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछिन्।
बैठकमा अन्तर्राष्ट्रिय सन्धिमाथि पनि छलफल र अनुमोदनसम्बन्धी प्रक्रिया अघि बढाइनेछ । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले अन्तर्राष्ट्रिय श्रम संगठनको बाध्यकारी श्रम महासन्धि, १९३० सम्बन्धी सन् २०१४ को प्रोटोकल नं. २९ माथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्। साथै उक्त प्रोटोकल अनुमोदन गरियोस् भन्ने प्रस्ताव पनि राख्नेछन् ।
त्यसैगरी, मन्त्री यादवले अन्तर्राष्ट्रिय श्रम संगठनको श्रम निरीक्षणसम्बन्धी महासन्धि, १९४७ (नम्बर ८१) माथि सामान्य छलफल गरियोस् र अनुमोदन गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ९१ करोड रुपैयाँ सहयोग रकम संकलन
-
भारतले नेपाललाई थप राहत पठाउने
-
गण्डकी सरकारले बाढी प्रभावितलाई ४ करोड सहयोग गर्ने
-
जलविद्युत् आयोजनामा फसेका कर्मचारी र मजदुरको उद्धारमा तिब्रता
-
प्रधानमन्त्रीसहित मन्त्रिपरिषद्का सबै सदस्यको एक महिनाको तलब विपद् कोषमा जम्मा गरिने
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।