नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
२०८३ अषाढ़ ३० मङ्गलवार
- अविरल वर्षाका कारण नारायणगढ–मुग्लिन सडकखण्डका विभिन्न स्थानमा आइतबार साँझदेखि पहिरो र लेदो खस्दा सडक दुवैतर्फ अवरुद्ध भएको छ ।
चितवन, ३० अषाढ़ । अविरल वर्षाका कारण नारायणगढ–मुग्लिन सडकखण्डका विभिन्न स्थानमा आइतबार साँझदेखि पहिरो र लेदो खस्दा सडक दुवैतर्फ अवरुद्ध भएको छ ।
सडक डिभिजन भरतपुरका अनुसार सडक अवरुद्ध हुँदा सडकखण्डको बीचमा अलपत्र परेका यात्रु तथा सवारीसाधनलाई आइतबार रातिसम्म पहिरो पन्छाएर सुरक्षित रूपमा गन्तव्यतर्फ पठाइएको थियो ।
तर लगातार वर्षा भइरहेका कारण यस क्षेत्रमा थप पहिरो जाने उच्च जोखिम रहेको भन्दै जिल्ला विपद् व्यवस्थापन समितिको आपत्कालीन बैठकको निर्णयअनुसार जिल्ला प्रशासन कार्यालय चितवनले अर्को सूचना जारी नभएसम्म नारायणगढ–मुग्लिन सडकखण्डमा सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाएको जनाएको छ ।
हाल जलविरे नजिक पुनः पहिरो खसेको छ । अन्य स्थानमा खसेको पहिरो र लेदो हटाउन सम्बन्धित क्षेत्रमा आवश्यक उपकरण र मेसिन परिचालन गरिसकिएको सडक डिभिजनले जनाएको छ ।
यस सडकमार्ग हुँदै यात्रा गर्ने यात्रुलाई सडकको पछिल्लो अवस्था बुझेर मात्र यात्रा गर्न तथा सुरक्षाकर्मीको निर्देशन पालना गर्दै सुरक्षित रूपमा यात्रा गर्न सडक डिभिजन भरतपुरले अनुरोध गरेको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ९१ करोड रुपैयाँ सहयोग रकम संकलन
-
भारतले नेपाललाई थप राहत पठाउने
-
गण्डकी सरकारले बाढी प्रभावितलाई ४ करोड सहयोग गर्ने
-
जलविद्युत् आयोजनामा फसेका कर्मचारी र मजदुरको उद्धारमा तिब्रता
-
प्रधानमन्त्रीसहित मन्त्रिपरिषद्का सबै सदस्यको एक महिनाको तलब विपद् कोषमा जम्मा गरिने
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।